Advertisement
SKIP THIS

स्याङ्जा परिवार थेगु शाखाको वार्षिक साधारण सभा सम्पन्न


बोम्जन गुरुङ, दक्षिण कोरिया ।

कोरियास्थित अति सक्रिय क्षेत्रीय संस्था स्याङ्जा परिवार थेगु शाखाको आइतबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको प्रचलित विधान अनुरुप थेगु स्थित बालाजी रेस्टुरेण्टको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष विष्णु वाग्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बरिष्ठ उपाध्यक्ष श्री मित्र मगरको स्वागत मन्तव्यसँगै शुरु भएको थियो । संस्थाका सचिव शरण न्यौपानेले दोश्रो कार्यसमिति गठन भएपछिको प्रत्येक गतिविधिलाई विस्तारित रुपमा प्रस्तुत गर्दै वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मिलन रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्रीय अध्यक्ष युवराज गुरुङले अहिलेको कोरोना महामारीमा सबैलाई संयमित र सुरक्षित रहन आग्रह गर्दै स्याङ्जा परिवारको अभिन्न अंग थेगु शाखाले अति राम्रो गतिविधिका सहित अघि बढिरहेको र यस शाखाले संस्थाको निष्ठामा ईट्टा थप्ने काम गरिरहेको सन्दर्भमा खुशी व्यक्त गर्दै थेगु शाखाको उन्नति र हरेक कार्यमा आफ्नो व्यक्तिगत र केन्द्रीय समिति सहयोगको लागि सदा तत्पर रहेको धारणा व्यक्त गरेका थिए ।

थेगु शाखाका प्रमुख सल्लाहकार श्री रमेश रानाले कोरोनाको कारण समय प्रतिकूल भइरहेको सन्दर्भमा जूनसुकै संघ संस्थाले अपेक्षा अनुसारको कार्य गर्न नसकेपनि संस्थाको मर्म र भावना अनुसार स्याङ्जालीहरुलाई एक सुत्रमा बाँधेर केन्द्रीय र शाखाको सम्बन्ध अझै बलियो हुनुपर्नेमा जोड दिएका थिए । थेगु शाखाका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार बीरेन्द्र नौभाग्यले हरेक संस्था स्याङ्जालीहरुको एउटा कुशल अभिभावक बन्नुपर्ने र संस्थागत मजबुतीका लागी एकता अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

परदेशमा आईपर्ने दुःख र अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै थेगुमा स्याङ्जा परिवार थेगु शाखाद्धारा सञ्चालित “स्याङ्जा घर सेल्टर” सञ्चालनमा आईसकेको र यसको स्थापनामा आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने तमाम सहयोगी नेपाली दाजुभाई, दिदीबहिनी र महानुभावहरुलाई स-सम्मान स्मरण गर्दै थेगु शाखाका अध्यक्ष विष्णु वाग्लेले कार्यक्रममा उपस्थित संस्था सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव शरण न्यौपानेले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • मंगल योङहाङ लिम्बूद्वारा NRNA ‘उपाध्यक्षका’ लागि उमेदवारी घोषणा
  • एनआरएनए दशौँ अधिवेशनमा तारा पुन मगरले वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...