Advertisement
SKIP THIS

कोरोनाका कारण विदेशमा ६ लाख नेपालीले रोजगार गुमाएको एनआरएनएको भनाइ


फोनिज कोरिया संवाददाता

विश्वभरी छरिएर रहेका नेपालीहरु मध्ये करिब ६ लाख नेपालीले कोरोना महामारीको प्रभावबाट रोजगार गुमाएको एनआरएनएले जनाएको छ । एनआरएनए कोरियाले गत आइतबार सउलमा आयोजना गरेको पहिलो वार्षिक साधरणसभामा जुम मार्फत मन्तव्य राख्दै केन्द्रीय उपाध्यक्ष डा. बद्री केसीले सो जानकारी दिएका हुन् ।

यसरी रोजगार विहिन भएका नेपालीहरु हालसम्म करिब १ लाख ३५ हजार नेपाल पर्केको र ५देखि ६ लाख नेपालीहरु फर्कन लागेको तथ्यकं उपाध्यक्ष केसीले उल्लेख गरे । विदेशबाट नेपाल फर्केकाहरुको श्रम र शिपलाई व्यवस्थीत गरी पुनस्थापना गर्न एनआरएनएले आगामी ६ महिना भित्र नेपालमा रोजगार भेलाको आयोजना गरिने जानकारी पनि दिए ।

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेकाहरुलाई सहयोग गर्न बैदेशिक रोजगार कल्याणकारी कोषबाट ७२ करोड रकम छुटटइएको जानकारी दिदै सो रकम दूताबामस मार्फत प्रयोग गर्न सकिने निर्देशिमा तारी भइरहेको स्पष्ट पारे । विश्वभरीका समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न एनआरएनएका २५ सय स्वयमसेवी खटिनुका साथै करिब २५ करोड रकम र २ लाख भन्दा बढीले प्रत्यक्ष सहयोग पाएको उनले जानकारी दिए ।

त्यस्तै केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठले एनआरएनएलाई आर्थिक अनुसाशन र पारदर्शिता बनाउने नीतिमा सुधार गर्दै अन्तराष्ट्रिय कानुनसंग मेल खानेगरी अडिट कमिटीहरु बनाएर प्रत्येक तीन महिनामा प्रतिवेदन प्रस्तुत गर्ने बनाउन लागेको जानकारी दिए । विदेशका शिप, पुंजी र प्रविधिलाई नेपाल भित्राउन दक्षिण कोरियाको मुख्य भुमिका रहेको भनाई राखे ।

साधरणसभामा कोरियाका लागि कार्यबाहक राजदूत राम सिंह थापाले नेपालीहरुकै लापरवाहीका कारण नेपाललाई कोरोना प्रभावको उच्च जोखिममा राखेकोले नेपालबाट आउने नयाँ इ नाइन भिषा र कमिटमेन्ट कामदारलाई गरिएको अवरोधलाई हटाउन दूताबासले पहल गरिरहेको जानकारी गराए ।

त्यस्तै साधरणसभामा कोरियन सत्ताधर पार्टीका बहुसांस्कृतीक विभागप्रमुख संसद गो योइ०जिनले कोरियाको आर्थिक विकासमा नेपालीहरुले पुराएको योगदानको कदर तथा घाइते र मृत्यु भएकाहरुमा दुःख व्यक्त गर्दै अन्यय र विभेदविरुद्ध संगै अघि बढ्ने प्रतिबद्धता जनाए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...