तनहुँ समितिद्वारा ३ लाख ४० हजारको राहत हस्तान्तरण
सुरज गुरुङ
सोल-नेपालमा बैशाख १२ र २९ गतेका दिन देशको विभिन्न स्थानमा केन्द्रबिन्दु बनाएर गएको बिनाशकारी भुकम्पका कारण क्षेतिग्रस्त विभिन्न क्षेत्रमा तनहुँ सम्पर्क समिती कोरियाले राहत स्वरूप त्रिपाल, खध्यान्न लागायत विभिन्न शैक्षिक क्षेत्र निर्माणका लागि सहयोग पुर्याएको छ।
समितिले २०१५ मे १० तारीख ‘भुकम्प पिडित सहयोगार्थ’ नामक दोस्रो भानुभक्त स्मृति भलिबल प्रतियोगिता सम्पन्न गरि उक्त कार्यक्रमबाट हुन आएको मुनाफा र विभिन्न सहयोगी हातहरुद्वारा संकलन हुन आएको रकम (भिमाद युथ क्लबको सहकार्यमा रु रुपैयाँ बराबरको खाधान्न, रेडियो ढोरबराहीसंगको सहकार्यमा रु ५५ हजार रुपैयाँ सहित त्रिपाल बितरण, गोर्खाको श्री चण्डिका स्कुलमा निर्माणका लागि १ लाख रुपैयाँ बराबरको दुई कोठा भएको ट्रस उपलब्ध, दिनेश पराजुलिको सक्रियतामा सिन्धुपाल्चोकको साँगाचोक को पीडितहरुको लागि रु ५०,००० बराबरको राहत उपलब्ध, तनहुँको भुकम्पमा परि घाइते भएका सन्दिप रानालाई उपचारको लागि रु २५,००० र स्याम्घाको स्कुललाई रु १० हजार रुपैयाँ गरि जम्मा रु ३ लाख ४० हजार रुपैयाँ बराबरको राहत हस्तान्तरण गरेको छ ।
बिगतमा निरन्तर सहयोगी र उद्वार कार्यमा सक्रियता देखाउँदै आएको तनहुँ सम्पर्क समिति कोरियाले अबको दिनमा पनि विभिन्न पिछडिएका क्षेत्रहरुलाई ध्यानमा राखी ओझेलमा परेको शिक्षा पद्धति हरुलाई बिकाश गर्ने र सम्पुर्ण परोपकारी कार्यहरुमा हातेमालो गर्ने योजना रहेको संस्थाका सचिब सुनिल मल्लले जानकारी दिए ।
यसैगरी प्रवाशी भुमिमा रहेर पनि मातृभुमि प्रति मायाँ ममता देखाई आ- आफ्नो ठाउँबाट सहयोग गर्नुहुने सम्पुर्ण कोरियामा रहनुहुने जनसमुदायप्रति संस्थाका कार्यवाहक अध्यक्ष श्री ललित थापाले आभार व्यक्त गरेका छन् ।