Advertisement
SKIP THIS

धनकुटा सेवा समाज दक्षिण कोरियाद्वारा कोभिड -१९ को स्वास्थ्य सामाग्री सहयोग


धनकुटा सेवा समाज दक्षिण कोरियाले कोभिड-१९ का लागि चाहिने स्वास्थ्य सामाग्रीहरू आफ्नो जिल्लामा सहयोग गरेको छ। पाँच लाख मूल्य बराबरको आवश्यक स्वास्थ सामग्रीहरु जेठ ३ गते जिल्ला पुगेसकेको छ।

जिल्ला पठाइएका स्वास्थ सामाग्रीहरुमा पिपिइ १५० सेट के.एन-९५ माक्स २०० थान, सर्जिकल माक्स- ४४०० पिस यसैगरी सर्जिकल पन्जा- ९०० जोर ,आई. आर. थर्मोमिटर-९ थान, ह्नयाण्ड स्यानिटाईजर ४५० मिलिको ८३ बोतल, सेफ्टी चश्मा-५० पिस र फेस सिल्ड-११० पिस रहेको छ। गत छुसकमा धनकुटा सेवा समाजद्वारा आयोजित धनकुटा सांस्कृतिक सौगातको मुनाफाको केही अंशबाट सहयोग गरिएको अध्यक्ष परदेश राइले जानकारी गराएका छन्।

धनकुटा जिल्लाको ७ वटै स्थानीय तहहरू, नेपाली सेना बरख गण, नेपाल प्रहरी , शसस्त्र प्रहरी बल , धनकुटा रेड्क्रस, जिल्ला अस्पतल, नेपाल पत्रकार महासंघ धनकुटा, धनकुटामा संचालनमा रहेका एम्बुलेन्सका ९ जना चलाक, नेपाल विद्युत प्राधिकरण धनकुटा गरी जम्मा-१५ निकायहरूलाई वितरण गरिनेछ।

नेपाल रेड्क्रस सोसाइटी धनकुटा र नेपाल पत्रकार महासंघ धनकुटा शाखाको समन्वयमा बिपद व्यवस्थापन समिति, सि.सि.एम.सि. धनकुटाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीद्वारा सम्पूर्ण संस्थाहरुलाई जानकारी गराई औपचारिक कार्यक्रमका बीच हस्तन्तरण गरिने भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...