कोरियामा नयाँ कामको खोजीमा हुनेहरुको लागि भिषा अवधि बडाइयो
दक्षिण कोरियामा इपिएस आन्तरगत रही काम छोडी नयाँ कामको खोजीमा रहेका कामदारहरुको भिषा अवधि बडाएको छ । शुक्रबार कोरियन अध्यागमन कार्यलयले अप्रिल ३० तारिखसम्म भिषा अवधिलाई बडाइदिएको हो । जसअनुसार फेब्रवरी २८ देखि अप्रिल ३० सम्म उनीहरुको भिषा अवधिको गणना नगरिने भएका छन् ।
यदी अवको १० दिनमा भिषा अवधि सकिने भएको भए अब अप्रिल ३० भन्दा पछि १० दिनमा सकिने प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले स्पष्ट पार्नु भयो । इपिएस प्रणाली अन्तरतग रहेका विदेशी कामदारहरुले काम छोडी नयाँ काम खोज्ने समय अवधि तीन महिना तोकिदिएको छ । यदी सो अवधि भित्र नयाँ काम पाउन नसके उनी स्वत गैरकानुनी बन्ने प्रावधान रहेको छ । त्यसैले हाल नयाँ कामको खोजीमा रहेकाहरुलाई यसले राहत दिलाएको छ ।
हाल कोरियामा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि नयाँ काम खोज्न नोदुगंबु (जब सेन्टर) नगाई सकभर कोठा मै बसेर सुरक्षित रहन यस्तो गरिएको पनि अध्यक्ष राईले थप्नुभयो । त्यस्तै विदेशीहरुलाई अध्यागमन तथा काम बारे सोधपुछ गर्न अनलाईनको व्यवस्था पनि गरेका छन् ।