दक्षिण कोरियामा सोनाम ल्होछार (फोटो फिचर)


आफ्नो प्रस्तुति दिदै म्हेन्दो माया गायक रोशन फ्युबा

तामाङ संघ दक्षिण कोरियाले २८५६ औं सोनाम ल्होछर जीवा ल्हो(मुसा बर्ष) भव्यताका सथ मनाएको छ । शुक्रबार(जनवरी २४) कोरियाको राजधानी सउलको मियसागरी स्थित भिक्टोरिया होटलमा आयोजित उक्त कार्यक्रम नेपालबाट आमन्त्रित तथा कोरियामै रहेका कलाकारहरुको बेजोड प्रस्तुतिका साथ सम्पन्न भएको हो ।

तामाङ समुदायले मन्जुश्री पात्रो अनुसार पुरानो बर्षको अन्त्य र नयाँ बर्षको सुरुवातको दिनलाई सोनाम ल्होछार(नयाँ बर्ष) को रुपमा मनाउँदै आएका छन् । जुन नेपाली पात्रो अनुसार प्राय माग शुक्ल प्रतिपदाका दिन पर्ने गर्दछ । त्यस्तैमा यस बर्षको २८५६ औं सोनाम ल्होछार अर्थात जिवा ल्हो(मुसा बर्ष) सुरुवातको दिन पुस ११(जनवरी २६) गते परेको छ । तर दक्षिण कोरियामा रहेका तामाङहरुले भने कोरियन चाड छुसकको पहिलो दिन सोनाम ल्होछर मनाउदै आएका छन् ।

ल्होछार कार्यक्रम लामा गुरुहरुको सामुहिक पुजापाठ बाट सुरु भएको थियो । नेपाल तामाङ संघ दक्षिण कोरियाको अध्यक्ष मेघप्रसाद वाइबा तामाङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको अध्यक्ष युगेल तेण्डुप शेर्पाको प्रमुख आतिथ्यता रहेका थिए ।

त्यसैगरी कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष दिपक पुन, आदिवासी जनजाती महासंघ कोरियाका निवर्तमान अध्यक्ष चित्रबहादुर मोक्तान, एनआरएए कोरियाका उपाध्यक्ष सोम वाइबा तामाङ, सचिब राजकुमार स्याङतान, एनसिसी दक्षिण कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रदेश नं ३ एकता समाजका अध्यक्ष किशोर ब्लोन नियोग सँगै विभिन्न जातीय संस्था र क्षेत्रीय संस्था प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

अनौपचारिक सांस्कृतिक कार्यकममा नेपालबाट आमन्त्रित म्हेन्दो माया गायक रोशन फ्युबा, लण्डनबाट आमन्त्रित गायिका देशकुमारी तामाङ, भारतबाट आमन्त्रित द भ्वाइस अफ नेपाल सिजन-२ का प्रतिस्पर्धी बैशाली लामाको बेजोड प्रस्तुति रहेका थिए । त्यसैगरी कोरियामै आफ्नो कर्मभूमी बनाएका युनिक दोङ, ज्ञान लामा, सूर्य रूम्बा, मिलन दोङ, छेडुप लामाले सांगीतिक प्रस्तुति दिएका थिए भने डोमा योञ्जन र मनिराज घलानले नृत्य प्रस्तुति दिएका थिए ।

हेरौं तस्बिरमा ल्होछार कार्यक्रम 

ल्होछारमा सहभागीहरु

फोटो सेसन गर्दै सहभागीहरु

आफ्नो प्रस्तुति दिदै म्हेन्दो माया गायक रोशन फ्युबा

कार्यक्रममा सहभागीहरु

आफ्नो प्रस्तुति दिदै म्हेन्दो माया गायक रोशन फ्युबा

नाच्दै सहभागीहरु

आफ्नो प्रस्तुति दिदै बैसाली लामा

प्रस्तुति दिदै देश कुमरी गोले

तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईबा र आदिवासी जनजाती महासंघ दक्षिण कोरियाका अदक्ष तथा प्रमुख अतिथि युगेल तेन्डुप शेर्पा

तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईबा र आदिवासी जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष तथा प्रमुख अतिथि युगेल तेन्डुप शेर्पा

औपचारिक कार्यक्रम संचालन गर्दै तामाङ संघ दक्षिण कोरियाका महासचिव गोकुल थोकर

 

आफ्नो प्रस्तुति दिदै म्हेन्दो माया गायक रोशन फ्युबा

तामाङ पहिरनमा सहभागी

ल्होछारमा सहभागीहरु

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...