Advertisement
SKIP THIS

विनोद बुढाथोकीको अध्यक्षतामा डाइनामिक मोरङ कमिटिको नयाँ कार्यसमिति


डाईनामिक मोरङ कमिटी दक्षिण कोरियाको पाचौं अधिवेशनबाट सर्वसम्मतिले अध्यक्षमा बिनोद बुढाथोकीलाई चयन गरेको छ। जनवरी २४ शुक्रबारको अधिवेशनले डाइनामिक मोरङ कमिटिको १५ सदस्यीय कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष तिम्सिना र उपाध्यक्षमा सुरेन तामाङलाई चयन गरेको छ। यसैगरी महासचिवमा युवराज फुयाल सचिवमा मनोज बिष्ट छन् भने कोषाअध्यक्ष हेमन्त खतिवडा र सह कोषाध्यक्षमा उमेश पोख्रेल चयन भएका छन्। सदस्यहरुमा बिक्रम राई, बिश्वास रायमाझी, तारानाथ निरौला, खेमराज भट्टराई, संजय बिष्ट, लक्ष्मी तामाङ, अन्जना भट्टराई शिवाकोटी र आयुष उप्रेती रहेका छन्।

नव गठित कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष डा. देवि बहादुर बस्नेतले सपथ ग्रहण गराएका थिए। निर्वाचन मण्डलका अन्य सदस्यहरुमा जीवनकुमार थापा, चन्द्र फुयाल र नवराज सिवाकोटी रहेका थिए। दोङ्देमुन स्थित नेरोशा रेष्टुरेन्टको सभाहलमा डाइनामिक मोरङ कमिटिका संरक्षक डा. देवि बहादुर बस्नेतको प्रमुख आतिथ्य र निवर्तमान अध्यक्ष भुवन तिम्सिनाको सभापतित्वमा अधिवेशन सम्पन्न भएको थियो।

प्रवासमा रहेको मोरङ्गेलीहरुको एकता सदभवा सहकार्यको निम्ति सन २००९ मा स्थापित यस डाइनामिक मोरङ कमिटिले कोरिया तथा नेपालमा समेत विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...