Advertisement
SKIP THIS

कोरियामा हुने “द भ्वाइस अफ नेपाल 2 लाइभ” कार्यक्रमको तयारी बारे पत्रकार सम्मेलन जनावरी १९ मा


प्रदेश न ३ एकता समाज द कोरिया अन्तर्गतको संस्था भक्तपुर समाज दक्षिण कोरियाले जनवरी २५ मा गर्न लागेको ‘द भ्वाइस अफ नेपाल 2 लाइभ इन कोरिया’ कार्यक्रमको तयारी बारे पत्रकार सम्मेलन यहि जनावरी १९ मा दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको हलमा हुने भएको छ ।

नेपाली सम्पर्क समिती दक्षिण कोरियाको अधिबेसन बाटसुरु भएको प्रचारप्रसार टोपिदिबस हुँदै सौल, इन्छ्न फाजु पोछ्न उइजम्बु सुवन फ्यन्तेक थेगु बुसान किम्हे लगायत सम्पुर्ण ठाउँबाट तिब्र गतिमा अगाडि बढीरहेको जानकारी भक्तपुर समाजका अध्यक्ष रमेश गिरिले दिएका छन् ।

यही आउदो जनवरी २५ तारिख कोरियन नयाँ वर्ष सल्नालको दोस्रो दिन प्रवासको सांगीतिक कार्यक्रम मध्येको अहिले सम्मकै सर्वाधिक भौगोलिक रूपमा समावेशी कलाकारहरुको साथमा भ्वाइस अफ नेपाल २ सांगीतिक धमाका आयोजना गर्न लागेको अध्यक्ष गिरिले जनाए । ‘पूर्व मेचि देखि पश्चिम महाकालीसम्मका सम्पूर्ण संघीय प्रदेशहरूको प्रतिनिधित्व रहेको नेपाली सांगीतिक नक्षत्रका स्थापित एवं नवप्रतिभाहरूको सम्मिश्रण रहेको कलाकारहरुको साथमा विश्वस्तरीय कन्सर्ट हलमा आयोजना हुने कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौँ ।’ उनले थपे ।

कार्यक्रममा पुर्ब बाट राम लिम्बू सुदूरपश्चिम बाट लोकदोहोरी तथा देउडा गायक उमाशङ्खर जोशी, पश्चिमबाट चर्चित भाइरल मोडल गायक दुर्गेश थापा, राप्ती बाट चर्चित लोक दोहोरी गायिका भुमिका गिरि र सिराह बाट आरिफ रौफ, भ्याली बाट सनिश श्रेष्ठ, चितवन बाट अलिशा सर्मा र क्लासिकल डान्सर सीता सुवेदी, भारत को दार्जिलिङ बाट भ्वाइस अफ नेपालकी रकिङ्ग स्टार याङ्की याल्मो लगायत अन्य स्थानिय कलाकारहरु समाबेस गरिएको को आयोजकले जनाएको छ ।

सउल मेट्रो लाइन नं २ को कन्कुक विश्वविद्यालय( konkuk university station (건대입구 ) प्रवेशद्वार स्टेसनको २ नं गेटबाट ५० मिटर अगाडि रहेको New Millennium Hall (세천년관) मा सम्पुर्ण नेपाल झल्कने सांगीतिक कार्यक्रममा हुनेछ । साथै कार्यक्रम दिनको १ बजे बाट सुरु हुनेछ भने कार्यक्रम स्थलसम्म जान दोङ्देमुन ३ न गेट अगाडि बाट निशुल्क बसको ब्यबस्था गरिने जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...