कोरियामा मृत्यु भएका अमिन राईको परिवारलाई यायोक्खा, भोजपुर र खोटाङको आर्थिक सहयोग
 
			दक्षिण कोरियामा आक्स्मिक मृत्युु भएका स्व. अमिन राईको परिवारलाई कोरियाबाट ९ लाख ९१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ। मृतक राईको परिवारका निम्ती किरात राई यायोक्खा, भोजपुर परिवार, खोटाङ सेवा समाज दक्षिण कोरियाको संयोजकत्वमा आर्थिक संकलन गरिएको थियो।
भोजपुर टेम्के मैयु निवासी निज राईको नोभेम्बर २५ मा उपचारको क्रममा मृत्यु भएको थियो।
 
     
     
         
         
         
         
  
 
  
 
  
 
  
 
  
 
  
 
  
 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	