सलनालमा काभ्रे सम्पर्क समितिको बार्षिक साधारण सभा तथा चियापान कार्यक्रम हुने
काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले आगामी जनवरी २४ तारिखका दिन संस्थाको बार्षिक साधारण सभा तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
यही आउदो कोरियन नयाँ बर्ष सलनालको अवसर पारेर राजधानी सउल स्थित नमस्ते रेस्टुरेन्टमा काभ्रेलीहरुको भेटघाट र चियापान तथा बार्षिक साधारण सभा गर्न लागिएको संस्थाका अध्यक्ष सानु लामाले जानकारी दिएका छन् ।
त्यस्तै काभ्रेपलान्चोक जिल्ला घर भई हाल कोरियामा बसोबास गरिरहनुभएका समाजसेवि, बुद्धिजीवी, ब्यावसायी, विद्यार्थी, पत्रकार, मजदुर, खेलाडी लगायत सम्पुर्ण काभ्रेलीहरुमा उपस्थितिको लागी संस्थाको सहसचिब मनोज मगरले हार्दिक अनुरोध गरेका छन् ।
दक्षिण कोरियामा रहेका “सम्पुर्ण काभ्रेली एक हौ, काभ्रे जिल्लाको बिकासमा टेवा पुर्याउ” भन्ने मुल नाराको साथ सन २०११ मा स्थापना भएको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै नेपालको काभ्रे जिल्लाको विकट ठाउँहरुमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
कार्यक्रम विवरण
मिति :-२०२०जनवरी २४
समय :-बेलुका ७:०० बजे
स्थान :-नमस्ते रेस्टुरेन्ट सउल Train Line no:१ 둉묘앞 역 Exit no. ५