Advertisement
SKIP THIS

कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघको स्थापना समारोह सम्पन्न


दक्षिण कोरियामा अवस्थित विभिन्न ८ देशका ९ वटा गुम्वाको संयुक्त रुपमा बनेको संस्था: कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघ (Korea Multicultural Buddhist Association) को आइतबार विधिवत रूपमा समुद्घाटन भएको छ ।

जोगेसा गुम्बा हलमा आयोजित कार्यक्रममा जोगेसा गुम्बाको प्रमुख लामाको प्रमुख आतिथ्यता, कोरियन गुम्बाका धर्मगुरू, सबै गुम्बाका धर्मगुरू, सबै देशको राजदूतहरूको उपस्थितीमा समुद्घाटन कार्यक्रम र सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको हो ।

यो संस्था कोरिया, नेपाल, म्यानमर, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, मंगोलिया र श्रीलङ्का गरी जम्मा ८ देशको बौद्ध धर्मलम्बीहरुको संयुक्त गठन गरिएको संस्था हो । यस संघमा नेपाली गुम्वा नागर्जुन गुम्वा र सउल नेपाल गुम्वाले प्रतिनिधीत्व गरेका छन् ।
उक्त कार्यक्रममा संयुक्त रूपमा संघको तर्फबाट स्वागत मन्तव्य राख्दै सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले यस संघले विश्वमा बौद्ध धर्मको ध्यमबाट नीतिगत रूपमा सबैको समस्याहरूको समाधान, भाइचारा, सदभाव, शान्ति, समृद्धि, कला र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्धेश्यले गठन भएको बताएका छन् ।

उक्त समारोहमा संम्बोधनका क्रममा दक्षिण कोरियाका लागि श्रीलङ्कन राजदुत डा.ए.साज यु. मेन्दिस् (Dr. A. Saj U. Mendis) ले संघमा आवद्ध विभिन्न देशको सांस्कार संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्न संघ सफल रहने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै समारोहमा संम्बोधनका क्रममा नेपालका लागि उपनियोग प्रमुख तथा कार्यबहक राजदुत राम सिं थापाले दैनिक जिवनमा बुद्ध दर्शनको ठूलो महत्व रहेको भन्दै थपे “बुद्ध नेपालमा जन्मेको हो । त्यसैले पनि यस संघको सफलता र उत्तरोतर प्रगातिको कामना गर्दछु ।”

उक्त समारोहमा दक्षिण कोरियाका लागि नेपाली राजदुतवासका तर्फबाट उपनियोग प्रमुख तथा कार्यबहक राजदुत राम सिं थापाले Korea Multicultural Buddhist Association लाई मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै कम्बोडियाका राजदुतबासको तर्फबाट पनि मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा बौद्ध धर्म सम्बन्धी सांस्कृतिक प्रस्तुति पनि भएको थियो । कोरियाको बौद्ध दर्शन सम्बन्धित प्रस्तुति, नेपालको तर्फबाट ह्योल्मो नृत्य र अन्य देशले पनि नृत्य प्रस्तुत गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...