छुसकको कार्यक्रम “मंगोलियन हार्ट कन्सर्ट” को आर्थिक विवरण सार्वजनिक, साँढे पाँच करोड नाफा


गत छुसकमा गरेको ‘मंगोलियन हार्ट कन्सर्ट’ कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरेको छ । कार्यक्रम दोलखाली समाज, रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाजको संयुक्त आयोजनामा गरिएको हो ।

आइतबार सउलमा गरेको समिक्षा तथा आर्थिक सार्वजनिकमा आयोजकले ५ करोड ५५ लाख ९९ हजार ३ सय ३३ वान (नेपालीमा लगभग रु ५५ लाख) खुद नाफा भएको छ । आयोजकले कुल आम्दानी ९ करोड ६८ लाख ५२ हजार ८८६ वान गरेको छ । त्यस्तै कुल खर्चमा ४ करोड १४ लाख ५३ हजार ५५३ वान गरेको छ । संयुक्त बैठकबाट अनुमोदित आर्थिक विवरण मेगराज खड्का, उत्सब खड्का र दिलिप दाहाल सहितको ३ सदस्यीय आर्थिक समितिको संयोजक मेगराज खड्काले प्रस्तुत गरेको थियो ।

कार्यक्रममा कलाकारलाई मात्र पारिश्रम, खाना, भिषा र टिकट गरी २ करोड वान भन्दा बढी खर्च भएको विवरणमा उल्लेख छ । कन्सर्टमा मंगोलियन हार्टका राजु लामासहित ७ जना र गायिका आस्था राउत, लोकदोहोरी गायक प्रकाश कटुवाल, प्रताप दास, मोडेल अन्जली अधिकारी आएका थिए ।

समिक्षा तथा सार्वजनिक कार्यक्रममा दोलखाली समाजका अध्यक्ष सरोज केसी, रामेछाप सम्पर्क समितिका अध्यक्ष रविप्रताप घिसिङ र सिन्धुपाल्चोक समाजका अध्यक्ष सञ्जिव भन्डारीले कार्यक्रम आयोजना गरेको नारा अनुसार नाफा रकमलाई खर्च गर्ने बताएका छन् । आयोजकले कार्यक्रम गर्नुको उद्देश्य दुर्गम भेगको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने बताएको थियो ।

उक्त सम्मेलनमा दोलाखाली समाजको संरक्षक लालकाजी बस्नेत रामेछाप सम्पर्क समितिको सल्लाहकार अम्बर बहादुर खड्का, सिन्धुपाल्चोक समाजका बेद आचार्य र प्रदेश ३ एकता समाजको अध्यक्ष किशोर ब्लोन सहितले मन्तब्य राख्नु भएको थियो भने प्रदेश भित्रका जिल्लाको अध्यक्ष र प्रतिनिधि उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गूमी एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउँदै
  • ‘मुक्कुमलुङ कपको’ उपाधी आस्याङ एफसीलाई
  • पूर्वी नेपाल समाजद्वारा छुसकको कार्यक्रम बाँडफाँड , ३ संस्थालाई अनुमति
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा कवि तिर्थराज विश्वकर्मा प्रथम
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...