Advertisement
SKIP THIS

कुलमान घिसिङ शुक्रबार सउल आउने : नेपाली संघसस्थासँग अन्तरक्रिया गर्ने


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दक्षिण कोरियामा छन् । दक्षिण कोरियाको राजधानी सउल देखि २ सय ६८ किलो मिटर दक्षिणको ख्वाङ्जु शहरमा बुधबार देखि सुरु भएको अन्तराष्ट्रिय विद्युतिय सम्मेलन (विक्सपो) २०१९ मा भाग लिनका लागि उनी यहाँ आएका हुन् ।
कोरिया इलेक्ट्रोनिक पावर कर्पोरेसनको आयोजनामा भैरहेको विक्सपो शुक्रबारसम्म चल्नेछ । सो कार्यक्रमा घिसिंङले नेपालको विद्युतिय क्षेत्रमा लगानी गर्न चाहने विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गर्नेछन् ।
विश्व भरिकै विद्युतिय क्षेत्रमा भैरहेको प्रगति र समस्याका बारेमा छलफल गर्न विगत पाँच बर्ष देखि विक्सपो भैरहेको छ । डिजिटल प्लाटफर्म भन्ने मुख्य नारा रहेकोे यस पटकको सम्मेलनमा विश्वका विद्युतिय क्षेत्रमा काम गर्ने संस्थाहरुको सहभागिता रहेको छ ।
नेपालको विद्युत क्षेत्रमा कोरियामा रहेका नीजि कम्पनीहरु इच्छुक भएको कोरियामै विगत ६ वर्ष देखि काम गरिरहेका विद्युतिय इन्जिनियर कुशाङ शेर्पाले बताए । ‘नेपालको जलस्रोतमा लगानी गर्न सक्ने धेरै कम्पनी छन् । विभिन्न चरणमा छलफल भैरहेको छ । अहिले कोरियामा रहेको नेपाल विद्युत प्राधिकरणको टोलीसँग पनि छलफल हुन्छ ।’ उनले भने ।
घिसिङ शुक्रबार दक्षिण कोरियाको राजधानी सउलमा आउने छन् । उनले सउल क्षेत्रमा रहेका नेपालहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा एनआरएनए, नेपाल आदिबासी जनजाति महासंघ, नेपाल तामाङ संघ, रामेछाप सम्पर्क समिति, एनसीसी, प्रदेश नं. ३ एकता समाज लगाएतका संघ संस्थासँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
भेटघाट तथा छलफल कार्यक्रम दोङदेमुनको दर्शन नमस्ते रेष्टुरेन्टको सभा हलमा बेलुकी ८ बजेबाट सुरु हुनेछ । उनी शनिबार नेपाल फर्कने छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...