कोरियामा प्रमिला राई सांगीतिक साँझ हुने
दोङ्देमून स्थित निक नेपालको हलमा गायिका प्रमिला राई साङ्गीतिक साँझ हुने भएको छ। दिपावलिको अवसरमा नोभेम्बर २ तारिख शनिबार हुने कार्यक्रममा प्रमिला राईको प्रस्तुति सँगै अर्की गायिका सरिता आङ्छङ्बोको पनि सांगीतिक कोशेली रहने आयोजकले जनाएको छ।
सांगीतिक कार्यक्रमको शिलशिलामा कोरिया रहेकी गायिका राई नेपाल आइडलकी उत्कृष्ट सातौँ हुन्। सेवा-सेवारोद्वारा आयोजित सो कार्यक्रम बेलुकी ७ बजेदेखि हुनेछ। थप जानकारीको लागि संयोजक हाङ्खिम छा (०१०७६१३५७५१) सँग सम्पर्क गर्न सकिनेछ।