Advertisement
SKIP THIS

चुम्लुङ बुसान शाखा र डि.एस.एम.इ. याक्थुङ सयङ् गजेदोले चासोक तङ्नाम मनाउने


किरात याक्थुङ चुम्लुङ बुसान साखा र डि.एस.एम.इ. याक्थुङ सयङ गजेदो दक्षिण कोरियाले सङ्युक्त रुपमा चासोक तङनाम मनाउने भएको छ। लिम्बू जातिको महान पर्व चासोक तङनाममा सुभकामना आदान प्रदान तथा भेट्घाट कार्यक्रम सहित भब्य रुपमा मनाउन लागिएको छ।

कार्यक्रम कोरियाको किम्हे स्थित मुन्ह्वावन सभाहलमा डिसेम्बर २२ तारिख आइतबार बिहान १० बजे देखि साझ ७ बजे सम्म हुने भएको छ । चासोक तङ्नाम(उधौलि)डिसेम्बर १२ तारिख मङ्सिर २६गते पर्ने भए पनि प्रबासको बसाइलाइ
मध्य नजर गर्दै सबैको समय अनुकुल पारेर १० दिन पछि आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रममा किरात लिम्बू समुदायको मौलिक नाच केलाङ साथै यालाङ/धान नाच पनि प्रस्तुत गरिने र नेपाल बाट आमन्त्रीत तथा स्थानिय गायक गायिकाहरुको कर्ण पृय स्वरहरु बाट पालाम,हाक्पारे, ख्याली पनि प्रस्तुत गरिने भएको छ। आफ्नो मौलिक धर्म सस्कार सस्कृती चाडबाड बारे जानकारी गराउनुको साथै महत्वपनि बुझाउने प्रयास गरिने भएको छ ।

विशेषत चासोक तङ्नाम( उधौली)प्रकृति पूजक किरात लिम्बू समुदायले आफ्नो खेतबारिमा रोपेको छरेको अन्न बाली पाकेपछी आफ्नो माङ( देउता)तागेरा निमाभुमाङ्लाइ अर्पण गरे पश्चात ग्रहण गर्दै खुसियाली गरेर मनाउने चाड हो । प्रबासमा सबै गर्न सम्भब नभएपनी विधि सम्म गरिने सयङ्का अध्यक्ष हरि लिम्बूले बताएका छन्। साथै सम्पुर्ण याक्थुङ तथा गैर याक्थुङ नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ आफ्नो मौलिक भेषभूषामा उपस्थित भइ कार्यक्रम सभ्य र भब्य बनाइदिनुहुन कियाचु अध्यक्ष किरण कन्दवाले हार्दिक अनुरोध गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • कोरियामा रसुवा समाज स्थापना
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...