Advertisement
SKIP THIS

नोभेम्बर १७ मा सउल र किम्हेमा ‘छ माया छपक्कै’ चलचित्र प्रदर्शन हुने


नेपाली चलचित्र घामपानी र गोपी चलचित्र पछि युवा निर्देशक दिपेन्द्र लामाको चलचित्र “छ माया छपक्कै” नेपालमा अक्टोबर ११ देखि प्रदर्शन हुदैछ । सोही चलचित्र दक्षिण कोरियामा नोभेम्बर १७ मा सउल र किम्हे लगाएत शहरमा प्रदर्शन हुने भएको छ ।

नेपाल तामाङ संघ दक्षिण कोरियाको आयोजनामा सउल र तामाङ सामाज ख्याङसान बुसानको आयोजनामा किम्हेमा चलचित्र प्रदर्शन हुनेछ ।
चलचित्र प्रदर्शनबाट आएको आम्दानी सउलमा रहेको तामाङ धिमको दीर्घकालिन व्यवस्थापनको लागि खर्चिने संघका अध्यक्ष मेघप्रसाद वाइबा तामाङले बताए । ‘हामीले चलचित्रबाट आएको आम्दानीमा हामीले थप गरेर चलाउँछौ । यो सामाजिक कार्य पनि हो । सबै साथीभाइलाइ फिल्म हेर्न आउन अनुरोध गर्छु ।’ उनले भने ।

धेरै सामाजिक कार्य गरिसकेको नेपाल तामाङ संघले गर्ने कामहरूमा कोरियावासी नेपालीहररूले सधै सहयोग गरेको संघका संरक्षक तथा एनआरएनए कोरियाका उपाध्यक्ष सोम बहादुर वाईबाले सम्झिए । ‘हामीले जुनसुकै कार्य गर्दा पनि यहाँ रहेका दाजुभाइ दिदी बहिनीले सहयोग गरेका छन् । त्यसैले चलचित्र हेर्न सबै दाजुभाइ दिदी बहिनी आउनु हुन्छ भन्नेमा ढुक्क छौ ।’ उनले थपे ।किम्हेमा रहेको नानाआङा धिमको व्यवस्थापनको लागि चलचित्र प्रदर्शन गर्न लागेको तामाङ सामाज ख्याङसान बुसानका अध्यक्ष सुजित घिसिङले बताए । ‘यो क्षेत्रमै दिदी बहिनीको लागि भएको एक मात्र सेल्टर हो यो नानाआङा धिम भनेको । त्यसैले यो चलचित्र हेरेर मनोरञ्जनसँगै सामाजिक कार्यमा सहयोग गर्नु हुन्छ भन्नेमा हामीले विस्वास लिएका छौ ।’ उनले भने ।

दिप्रेन्द्र लामाको कथा र निर्देशनमा बनेको चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), स्वपुष्प भट्टा, बुध्दि तामाङ (हैट), प्रकाश घिमिरे, रमा थपालिया, शिशिर भडेल, अनुराघ कुवाँर, बिष्णु सापकोटा, सबिन बास्तोला, बसन्त भट्टा, शारदा गिरी, दिपक क्षेत्री, सुनिता गौतम, राजनी गुरूङ, कुमार गजुरेल, सन्देश लामिछाने, देव जोशी, प्रदिप न्यौपाने र भिम श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...