Advertisement
SKIP THIS

हजारौं दर्शकमाझ पाँचथर सांगीतिक सौगात भाग १ भब्य रुपले सम्पन्न


गत सेप्टेम्बर १३ तादिख छुसकको दोस्रो दिन पाँचथर सांगीतिक सौगात भाग १ भब्यताका साथ सम्पन्न भएको छ । सउलको हारिमगाक स्थित ए डब्ल्यु कन्भेसनको हलमा आयोजित उक्त कार्यक्रमको मूख्य आकर्षण सविन राई एन्ड फारोह ब्याण्ड रहेको थियो।

हजारौं दर्शकमाझ लोकप्रिय गायक सविन राई एण्ड फारोह ब्याण्डको लाइभ प्रस्तुति दमदार रहेको थियो । गायक राईको गीतमा दर्शकहरु गर्मीको पर्वाह नगरी संगीतमा झुमिरहेका थिए।यसैगरी चर्चित गायिका मेलिना राईले पनि आफ्ना लोकप्रिय गीतहरुबाट दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाएकी थिइन्। डान्सर माला लिम्बूको डान्सले माहोल झनै तताएको थियो भने नेपाल आइडलकी फाइनालिस्ट अस्मिता अधिकारी, गायिका अमृता लिम्बू र असोक मुकारुङ राईले पनि बेजोड प्रस्तुति दिएका थिए।

पाँचथर सेवा समाजको पहिलो सांगीतिक कार्यक्रममा पुर्वान्चल सरोकार समाजका अध्यक्ष अमृत राई वोमन फर वोमन संस्थाकी अध्यक्ष ऋतु श्रेष्ठको विषेश उपस्थिति रहेको थियो भने विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो। संस्थाका अध्यक्ष राजेन्द्र चेम्जोङको सभापतित्व रहेको कार्यक्रम एन. आर. एनए. कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्य सप्पन्न भएको थियो। नेपालबाट आमन्त्रण गरिएकी संचालिका भूमिका फियाकले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

कार्यक्रमबाट उठेको रकम अपाङ्ग एवम् असाहय बालबालिकाको निम्ति सहयोग गरिने कार्यक्रम संयोजक कुविर लिङ्देनले जानकारी गराएका छन्। सांगीतिक सौगातलाई सम्पन्न गराउन उपस्थित सम्पूर्ण बिधार्थी,ब्यबसायी, श्रमीक, बिभिन्न सङ्घ संस्थाका प्रतिनिधी, नेपाली दाजुभाई, दिदीबहिनी लगायत सम्पुर्णलाई आयोजकले धन्यवाद ब्यक्त गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...