Advertisement
SKIP THIS

तामाङ समाज ख्यङ्साङ बुसान दक्षिण कोरियाको अध्यक्षमा सुजित घिसिङ


तामाङ समाज ख्यङ्साङ बुसान दक्षिण कोरियाको दोस्रो अधिवेशनबाट सुजित घिसिङ निर्वाचित भएको छ । सेप्टेम्बर ८ आइतबार किम्हे स्थित मुन्ह्वावन हलमा भएको अधिवेशनबाट घिसिङको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धनराज तामाङ, उपाध्यक्ष मान कुमार तामाङ, सन्त तामाङ, राम तामाङ, राज तामाङ, तिलक तामाङ, सोनाम पाल्मो मम्बा र महासचिवमा सोम योञ्जन चयन भएका छन् । त्यस्तै सचिवमा आकाश घिसिङ, जिन्लप तामाङ, पेम्बा तामाङ, सुकराज तामाङ, सोमबीर तामाङ, जुलिफा तामाङ र कोषाध्यक्ष संजिका लोप्चन, सह–कोषाध्यक्ष युपक लामा तामाङ चयन गरेका छन् । महासचिव योञ्जन र कोषाध्यक्ष लोप्चन पुनः सोही पदमा चयन भएका छन् ।

सदस्यहरुमा पुजन पाख्रिन, सुमन लो तामाङ, पासाङ तामाङ (कर्म), बिशाल तामाङ, धनजित तामाङ, रुपेश लामा तामाङ, प्रबिन तामाङ, उषा तामाङ, सम्झना तामाङ, सोभा स्याङतान, कासी माया तामाङ, पार्वती वाइबा चयन भएका छन् ।

सन् २०१८ मा स्थापना भएको समाज पहिलो कार्यसमितिको अध्यक्ष विश्वास ब्लोन नेपाल फर्किएपछि लगभग ६ महिनादेखि यता बरिष्ठ उपाध्यक्ष सुजित घिसिङले कार्यबाहक अध्यक्षमा रही समाज समालिरहेको थियो । सबै कार्यसमिति पदाधिकारी निर्विरोध चयन भएको हो ।

अधिवेशनले समाजको नाम तामाङ समाज ख्यङ्साङ् बुसान राखिएको छ । यसअघि तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसान रहेको थियो ।

साथै अधिवेशनमा कोषाध्यक्ष सञ्जिका लोप्चनल एक कार्यकालको आर्थिक विवरण प्रस्तुत गरेका थिए । त्यस्तै समाजले एक कार्यकालमा गरेका ल्होछार पर्व कार्यक्रम, बुद्ध जयन्ती फुटसल प्रतियोगितालगायत विभिन्न ९ वटा कार्यक्रमहरु गरेको गतिविधि महासचिव सोम योञ्जनले प्रस्तुत गरेको थियो ।

अधिवेशनको निर्वाचन समितिको संयोजक तपस तामाङ र सदस्यहरूमा राना तामाङ, नानुमाया तामाङ, हरि तामाङ, रवि लामा गरी पाँच सदस्यीय समिति गठन गरेको थियो ।

कार्यक्रममा प्रमुख अथिति नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्ढुप शेर्पा, विशेष अथिति एनआरएनका अध्यक्ष पदका उम्मेदवार यज्ञाराज सुवेदी, नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबा, नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका उपाध्यक्ष तथा एनआरएनका उपाध्यक्ष पदका उम्मेदवार सोम वाइबा तामाङ, एनआरएनका ख्यङ्साङ्का शाखाका अध्यक्ष वेलमान थापा मगर, एनसीसी बुसानका उपाध्यक्ष विपिन्द्र राईलगायत जातिय संस्थाहरुको र अन्य संघ संस्थाहरुको प्रतिनिधिहरु उपस्थिति थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...