Advertisement
SKIP THIS

पाँचथर सांगीतिक सौगात कार्यक्रमको हल परिवर्तन, तयारी अन्तिम चरणमा


पाँचथर सेवा समाजद्वारा आयोजित पाँचथर सांगीतिक सौगात भाग १ कार्यक्रमको हल परिवर्तन भएको छ। यस अघि तय गरिएको हल विविध कारण बस कार्यक्रम गर्न असमर्थ भएकोले स्थान परिवर्तन गरिएको आयोजकले जनाएको छ। साथै कार्यक्रमको तैयारीपनि अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ।

परिवर्तन भएको हलको ठेगाना 컨벤션 센터 ,하림각 종로구 “자하문로 225(부합동) 하림각 रहेको छ। हलसम्म जान ३ नं लाइनको 경복궁역 गेट ३ बाट निस्केर 7018वा7022बस चढि 하림각 ओर्लेर नजिकै रहेको छ। यसैगरी हलसम्म जानको लागि दोङ्देमुन ३ नं. गेटबाट १० मिनेटको फरकमा निशुल्क ३ ओटा बसपनि लाग्नेछ।


सकको दोश्रो दिन सेप्टेम्बर १३ मा गरिने उक्त कार्यक्रम अपांग एवम् असहाय बालबालिका सहयोगार्थ हो। कार्यक्रमको मुख्य आकर्षण लोकप्रिय गायक सविन राई एण्ड फारोह ब्याण्डको लाइभ प्रस्तुति रहेको छ। यसैगरी चर्चित गायिका मेलिना राई, डान्सर माला लिम्बू, नेपाल आइडलकी फाइनालिस्ट अस्मिता अधिकारी, गायिका अमृता लिम्बू र मिलन पूमा राईको पनि बेजोड प्रस्तुति रहनेछ।

कार्यक्रम सफल बनाइदिनको लागि कोरियामा रहेका सम्पूर्ण नेपालीमाझ आयोजकले हार्दिक अनुरोध गरेको छ। कार्यक्रम सम्बन्धि थप जानकारीको लागि संयोजक कुविर लिङ्देन (०१०५५७६०५२६) र अध्यक्ष राज लिम्बू (०१०२१९७२३१२) सँग सम्पर्क गर्न सकिनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...