Advertisement
SKIP THIS

बुसानमा एक नेपाली झुन्डिएको अबस्थामा मृत फेला


दक्षिण कोरियाकाे बुसानमा एक नेपाली झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । नेपाल घर काभ्रे बेथानचोक लप्सीबोट भएका २७ बर्षिय केदार तिमिल्सिना मृत भेटिएका हुन् । उनको शबलाई अहिले स्थानीय अस्पतालमा राखिएको छ ।
मंगलबार बेलुकी बेथान गाउँबाट कोरिया आएकाहरुको फेसबुक ग्रुपमा उनको बारेमा कुरा भएको बुझिएको छ । घरतिरबाट एक हप्ता भयो सम्पर्क भएन भन्ने कुरा आए पछि गाउँकै एक जना साथीले मृतक तिमिल्सिनासँग कुरा गरेका थिए । उनले आफु सबै ठीक रहेको र घर तिर अलि अलि तनाब भएकोले सम्पर्क नगरेको बताएका थिए ।
‘हिजो गाउँकै भाइसँग म ठीक छु भनेको मान्छे आज आत्महत्या गर्यो भन्दा पत्याउन मुस्किल भएको छ ।’ काभ्रे सम्पर्क समितिका अध्यक्ष सानु लामाले बताए । ‘कुरा बुझ्दा डिप्रसन भए जस्तो लाग्यो । के कारणले यस्तो भयो यसै भन्न मुस्किल छ । उनले भने । हामीले नेपाली राजदुताबासमा पनि सम्पर्क गरेका छौ । अब के कसरी हुन्छ शबलाई छिटो भन्दा छिटो नेपाल पठाउन सहयोग गर्छौ ।’ मृतक तिमिल्सिना यस अघि काभ्रे सम्पर्क समितिका सकृय सदस्य रहेको निर्वतमान अध्यक्ष सिताराम तिमिल्सिनाले सम्झिए । ‘त्यो भाइ एकदमै सक्रिय थियो । हामीसँग पनि मिलेर काम गर्थ्यो । आज विहान साथीभाइले मलाई दुखद खबर सुनाउँदा सुरुमा पत्याउँदै पत्याइन ।’
मृतक तिमिल्सिना एक कार्यअवधी सकेर पुनः सिविटी परिक्षा दिएर कोरिया आएको बुझिएको छ । साथै यसै हप्ता काभ्रे सम्पर्क समितिले राखेको वनभोज अर्को सुचना नभएसम्मको लागि स्थगित गरिएको आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...