Advertisement
SKIP THIS

रेशम चौधरीको रिहाईका लागि नेफिन काेरियाले दुताबासमा ज्ञापन पत्र बुझायाे


राजनीतिक बन्दि रेसम चौधरीको रिहाई र नेपालमा भैरहेको आरक्षण बचाउ आन्दोलनको समर्थनमा कोरियामा सङ्कलन भएको दश हजार हस्ताक्षरहरुलाइ नेपाल आदिवासी जनजाति महासंघ द.कोरियाले नेपाली दुताबास काेरियाका कार्यवाहक राजदुत रामसिंह थापालाइ  ज्ञापन पत्र बुझाएकाे हाे।

नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया सम्बद्ध संघ सस्थाका प्रतिनिधिहरु र आदिवासी अभियान्ताहरुले नेपाल सरकारलाइ २ बुदे माग सहित कोरियाका लागि का.बा. राजदुत थापा मार्फत न्यायप्रेमी कोरियाबासी नेपालीहरुको मागलाइ नेपाल सरकारको सम्बन्धित निकायमा पुर्याउनका लागि ज्ञापन पत्र बुझाइएकाे महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पाले बताए।साथै काबा राजदुत थापाले पनि उक्त ज्ञापन पत्र नेपाल सरकार सामु पुर्याउने  प्रतिबद्धता जनाएका थिए।

ज्ञापन पत्रमा ‘राजनीतिक बन्दी सांसद रेशम चौधरीलाई यथाशिघ्र रिहाई गरी न्यायिक समानता कायम गरियोस् र लोक सेवा आयोगलै लिएको असबैधानिक परिक्षा रद्द गरी पुनः समावेशीताको आधारमा परिक्षा संचालन गरियोस्’ भन्ने माग रहेको छ । ज्ञापन पत्रसहित दश हजार भन्दा बढी हस्ताक्षर बुझाएको महासंघ अध्यक्ष युगेल तेन्डुप शेर्पाले जानकारी दिए । हस्ताक्षरले महासंघ लगायत विभिन्न जातिय संस्थाहरुले निरन्तर रुपमा नेपालमा आन्दोलन गरिरहेका कार्यक्रममालाई समर्थन गरेको बताइएको छ ।

महासंघका अध्यक्ष शेर्पाले विगतको दिनमा दुतावासले ज्ञापनपत्र लागयत विभिन्न कार्यक्रमा बारे सकरात्मक नभएकोमा यो पटक संवेदनशील र सैद्धान्तिक रुपमा प्रस्तुत भएकोमा खुशी ब्यक्त गरे ।

हस्तान्तरण कार्यक्रममा महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पाकाे नेतृत्वमा महासंघका  प्रमुख सल्लाहकार चित्रबहादुर मोक्तान, बरिष्ठ सल्लाहकार मल्लिका थकाली  आदिवासी जनजाति अभियन्ता लगायत जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित भएका थिए।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...