Advertisement
SKIP THIS

किराँत याक्थुङ चुम्लुङ कोरियाको ११औँ महाधिवेशन सम्पन्न अध्यक्षमा मिराक पंधाक


किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको ११ औँ महाधिवेशन सम्पन्न भएको छ । दोङ्देमूनको नेपाल हाउसमा सम्पन्न महाधिवेशनले मिराक पंधाक “अग्नि“को अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन भएको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रवेश फियाक उपाध्यक्षमा क्रमशः सन्तोष खेवा, ज्ञानु फियाक, युबेन तुम्बापो र सपना सेलिङ चयन भएका छन् भने महासचिवमा सागर माङ्मू र सचिवमा विनोद सौदेन चयन भएका छन् । कोषाध्यक्षमा पवित्रा थेबे, सहकोषाध्यक्ष माया पोमू चुनिएका छन् । यसैगरी सदस्यहरुमा सन्दिप खेवा लिम्बू, देवेन्द्र काङ्भा, खेम चोङ्बाङ, सूर्य काङ्भा, कृष्ण तेयुङ, पृतम लिम्बू चयन भएका छन् । अन्य सदस्यहरुमा दिर्जमान काङ्भा, कृष्ण फियाक, कामना नेम्बाङ रहेका छन् भने जेजुदो शाखाबाट अर्जुन तुम्बापो र बुसान शाखाबाट दिवा वारुमहाङ लिम्बूको प्रतिनिधित्व केन्द्रीय समितिमा रहने छ ।

महाधिबेशनको उद्घाटनको क्रममा नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल शेर्पाले सरकारले आदिबासी जनजातिले पाएको थोरै अधिकार पनि कटौती गरेकोले आन्दोलन गर्न परिरहेको बताए । उनले रेशम चौधरी आफ्नो पहिचानको कुरा गर्दा जेल बस्नु परेको र चौधरीलाई ससम्मान रिहाइको लागि दक्षिण कोरियामा रहेका सबैले २० हजार हस्तक्षर गर्ने बताए ।
गैर आवासिय नेपाली संघ दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङ, नेपाली सम्पर्क समितिकी अध्यक्ष अञ्जु केसी, पुर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राई लगाएत शुभकामना मनत्वब्य दिएका थिए ।

महाधिवेशनले चुम्लुङ कोरियाको ९ बुँदे भावी कार्य योजना पनि घोषणा गरेको छ ।
१) कोरियामा रहेका याक्थुङ (लिम्बू) समुदायलाई एकत्रित गर्दै सम्पूर्ण नेपाली समुदायका संघ संस्थाहरुसँग समन्वय, सहकार्य गर्दै लैजाने ।
२) लिम्बू जातिको ऐतिहासिक मौलिक पहिचान झल्किने भाषा, धर्म,संस्कार, संस्कृति र परम्परागत मूल्यमान्यताहरुको संरक्षण सम्बर्द्धन गर्न सचेतनात्मक कार्यक्रमहरुको आयोजना गर्ने।
३) कोरियामा रहेका लिम्बू जातिको जनसंख्या अध्यावधी गर्ने ।
४) चुम्लुङ शाखाहरु र कोरियाको सबै क्षेत्रमा रहेका लिम्बू समुदायसँग चुम्लुङ केन्द्रको गतिविधिहरु, सुचना प्रवाह गर्न समूह बनाउने र सम्पर्क नम्बरहरु संकलन गर्ने ।
५) लिम्बूवान प्रदेश स्थापनाको लागि आर्थिक, भौतिक र नैतिक रुपमा भूमिका निर्वाह गर्ने।
६) किरात याक्थुङ चुम्लुङ नेपालले जारी गरेको सर्कुलर अनुसार क्रियाकलापहरु अगाडि बढाउँदै लैजाने।
७) लिम्बू समुदायको मौलिक पहिचान झल्कने चाडपर्वहरु मनाउँदै विविध कार्यक्रमको आयोजना गर्ने।
८) पछिल्लो यूवा पुस्ताहरुमाझ लोपोन्मुख अवस्थामा रहेको याक्थुङ मुन्धुम र पहिचानको विषयक अन्तरक्रिया कार्यक्रम गर्ने।
९) लिम्बू समुदायमा सामाजिक,सांस्कृतिक, आर्थिक रुपमा प्रोत्साहन गर्न अभिमूखिकरण गोष्ठी सञ्चालन गर्ने।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...