हिन्दू जागरण अभियान दक्षिण कोरीयाको प्रथम अधिबेशन भव्यताका साथ सम्पन्न|


सौल – फोनिज कोरिया सम्बाददाता
२०७२ मंसिर २७ गते आइतवारको दिन अर्थात् २०१५ डिसेम्बर १३ तारिख  हिन्दू जागरण अभियान दक्षिण कोरीयाको बार्षिक सभा तथा प्रथम अधिबेशन कोरियाको राजधानी सउल स्थित  नेपाल हाउसमा भव्यताका साथ सम्पन्न भएको छ ।  अभियानका अध्यक्ष याम सापकोटाको  सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि  गैह्र आवासिय नेपाली संघ कोरियाका अध्यक्ष राजु क्षेत्रि त्यसै गरी बिशेष आमन्त्रित अतिथिहरुमा  गैह्र आवासिय नेपाली संघ कोरियाका  पुर्व अध्यक्ष विनोद कुवँर, नेपालि  सम्पर्क समितीका  अध्यक्ष प्रेम शाह, वोमन फोर वोमनकि अध्यक्ष  मल्लिका थकाली, श्रम सहचारी अनिल गुरुङ्ग, वौद्ध परिवार कोरियाका अध्यक्ष  इश्वर गुरुङ्ग, जनजाती महासंघ कोरियाका निबर्तमान अध्यक्ष भक्त शेरचन, योङ्ग स्टार ग्रुपका अध्यक्ष याम श्रेष्ठ, जनाधिकार मंच कोरियाका प्रबक्ता चुडामणी अधिकारी लगायतका रहेका थिए ।
औपचारीक कार्यक्रम  उल्लासमय सहभागीहरुको उपस्थितीमा सम्पन्न भए पश्चात नयाँ कार्यसमितीको बन्दसत्रमा नयाँ कार्यसमितीको चयन गरिएको छ । जसनुसार अध्यक्ष पद मा अमृतप्रसाद बाँस्तोला निर्वाचित हुनुभएको छ । त्यसै गरि उपाध्यक्ष शोम शर्मा आचार्य, उपाध्यक्ष एकराज दाहाल, उपाध्यक्ष निर्मल बेलबासे, सचिव किरण अधिकारी, सहसचिव थानेश्वर पहाडि, कोषाध्यक्ष गोविन्द बराल, सह कोषाध्यक्ष सरिता लामा पदमा मनोनित हुनुभएको छ । साथै सदस्यहरुमा याम चापागाई, नारायण राइ, नेत्र पौडेल, दिपेश परियार लेखनाथ ढकाल तथा माया लामा चयन भएका छन् ।
hindu jagaran1

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...