'दु:ख' कोरियाको अर्को नाम हो


राधुङ छा
सायदै संसारमा नेपालीहरु नपुगेको देशहरु औंलामा गन्न सकिएला । बाँकी देशहरुमा नेपालीहरु कतै कामदारका रुपमा छन् त कतै उतै आवासिय भिजा अर्थात् ग्रीनकार्ड होल्डर छन् । व्यापार-व्यवसाय चलाएर बसेकाछन् । गरिब देशको बिडम्वना नै हो, आफ्नो देशका जनशक्तिलाई बैदेशिक रोजगारमा लखेटेर देश धान्न रेमिट्यान्स् भित्र्याउनु । यसको अन्त्य कहिले हुने हो कुन्नि ? हिजो कोरिया पनि बिकास हुनु अघि यहाँका जनताहरु साउदीको तातो हावा खान पुगेकाथिए । अहिले हामीलाई कथा सुनाउछन्, त्यो कथा एकादेशको झैं लाग्छ । तर यथार्थ् यही थियो । जहाँ कि आज हामी काम गर्न आइपुगेका छौ । थोरै लागतमा राम्रो कमाई र सुरक्षित ठानेर । हुन पनि हो लाख घट्टी पारिश्रमिक थापिन्न हरेक महिना । तर यही देश हाम्रो लागी किन कठोर लागिरहेको छ त ? एउटा चिन्तनको विषय बनेको छ ।
 
दोस्रो विश्वयुद्धपश्चात् चरम गरिबीबाट पिल्सिएको दक्षिण कोरिया अहिले विश्वका धनी राष्ट्रहरुमध्ये पहिलो लाइनतिर आइपुग्छ । कोरियामा कामदारको आवश्यक्ता तीव्र छ,  त्यसैले एसियाका गरिव देशहरुबाट स्वस्थ कामदार भित्रैरहेकोछ । छोटो समयावधीमैं आफ्नो देश विकास गरेर विश्वबाट नै वाहवाही पनि कमाएको देशमा काम गर्न पाउनु हामी आफुलाई गौरबका साथ भाग्यामानी नै ठान्छौ । कार्यस्थल पुगेपछी संसारकै अभागी आफुलाई एक्लो ठान्छौ । फलामको चिउरा चपाउनु परेको कर्म भन्दै आफैलाई धिक्कार्छौ पक्कै पनि !
 
यहाँ नेपालीहरुका कामप्रतिका सोचाई, मान्यता, कामप्रतिका सम्मान इत्यादी लुकेर आइरहेको पाइन्छ । काम भनेपछी सुकिलो-मुकिलो, पाखुरा चलाउन नपर्ने सजिलो हुनु पर्ने यस्तै सोचेर आइन्छ । यी यस्ता चिजहरु नै हुन्, हामीलाई कोरिया कठोर लाग्नु । मधिसेले कवाडी काम गर्ने , राईले हलो जोत्ने, तामाङले भारी बोक्ने, कामीले भाडाबर्तन कमाउने, दमाईले लुगा सिउने, कुमालेले माटोको भाडा बनाउने खै के के हो के के घोकेर पढेका गूड स्टुडेन्टहरुले कोरियामा काम गर्नु आउनु परेपछी गाह्रो भएको हो-एक ।  दुई- मदनकालिन चिन्तन अहिले पनि हाम्रो समाजमा व्यप्त छ । हिजो मदन धन कमाउन ल्हासा जाँदा उनी बिरामी पर्दा जुन हर्कत गरेका थिए उनका साथीहरुले, आज उहि छ, उस्तै छ । असहयोग  छ आपसमा ।
 
भाषा जान्ने, उमेर ठुलो हुनेहरुको बोली बिक्छ साहुसँग । ताल परे मानसिक तनाव दिइ काममा सताउनु सताइन्छ । कस्को धेरै बल छ । कुरा यसैको चल्छ । कम्पनी छोडाउन तथानाम गाली-गलौज गरिन्छ । आफ्नै साथी काइते भएपछी कोरिया कठोर लाग्न थाल्छ । तेस्रो- घर-परिवारसँगको आर्थिक सम्बन्ध नै हुन आउछ । कतिको कठोर परिश्रम गरेर कमाएको पैसा घर-परिवारमै असुरक्षित हुन्छ । कोरिया आउने मान्छेले अर्को देश गएर यस्तै दुख गर्ने सोच सकेसम्म बनाएकै हुँदैन । यहिबाट जग्गा किनू, घर बनाउ र यहिको कमाइले घरगृहस्ती चलाउ भन्ने हुन्छ । तर त्यो नहुदा अनावश्यक फ्रस्टेसनहरु पैदा हुन्छन्, त्यसैले कोरिया कठोर लाग्न थाल्छ । अथवा ‘दु:ख’ कोरियाको अर्को नाम हो  झैँ लाग्न सक्छ |
 
 
यी माथिका कुराहरुलाई सरसर्ती मनन् गरेर ल्याउदा कतै हाम्रो सामाजिक चिन्तनमै सुधार गर्नु पर्ने त होइन ? जरुर, गर्नुपर्ने छ । चाहे ती नेपालमा रहेका हाम्रा परिवार नै किन नहुन्, कोरियामा काम गर्न गएको (छोरो-छोरी, श्रीमान्, श्रीमती र साथी)सँग पैसा भन्दा बढी उनको अवस्थाबारे बुझिदिनु होला । फलानोको (छोरो-छोरी, श्रीमान्, श्रीमती र साथी)ले यस्तो, उस्तो गरिसक्यो भनेर अनावश्यक दबाब दिनुभन्दा फलानो जत्तिको आत्मविश्वासी कतिको छौ भन्नु होला ।
 
कोरियाको कानुनी अवस्था, कम्पनीको अवस्था र कामदारको अवस्था बुझेर यदी घर फर्किन चहन्छ भने दुनियाले घटिया नजरले हेर्छन् भन्दै हिनताबोध गराउने प्रयस नगरिदिनु होला । ज्यान भयो भने पैसा त ढिलो चाँडो कमाइएला नि ! मेरो अनुरोध- अप्ठ्यारो परिस्थितिमा रहेका साथीहरुलाई नेपालीको नाताले गौरवका साथ सहयोग गरौ । त्यो सर्कलभित्र एक-अर्काको आलोचना नगरेर हुन्छ कि साहुलाई कुरा नलगाएर हुन्छ कि बकम्फुसे कुरा नगरेर हुन्छ कि धाक-धम्की नलगाएर हुन्छ कि सोजु पिएर झगडा नगरेर हुन्छ कि कामप्रति, पुर्वाग्राही, संकोचित्, घटिया-एकलकाँटे बनी प्रतिस्प्रर्धी नभैकन हुन्छ कि जातिगतरुपमा नहेरिकन हुन्छ । ताकी, यसले थोरै भएपनी आफ्नो साथी मानसिक रोगी भैकन आत्महत्यासम्म गर्ने बाटो नरोजून् । होला, राजनितिकरुपमा फरक आस्था हुनसक्छ, जातिगतरुपमा अलग हुन सकिन्छ, तर पहिले हामी नेपाली हौं । बिदेशी भुमिमा हामीलाई नेपाली भनेर नै चिन्छन् । अरुलाई दोषी तुल्याई आफुलाई सभ्य मानी बिदेशीलाई घटिया नेपालीत्व नदेखाउ, कामना छ ।
 
 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा लगानी सम्मेलन सम्पन्न
  • कोरियामा माघि पर्व अनु चौधरीको साथमा मनाइयो
  • सलनालमा कार्यक्रम नै कार्यक्रम
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...