राईको 'थ्री इन वान' चित्रकला प्रदर्शनी


धन गुरुङ
सोल-दक्षिण कोरियाको दोङ्ग्देमुन शहरमा ‘थ्री इन वान’ एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । युवा चित्रकार एल बिक्रम राईले तयार परेका एकल चित्रहरु नेपाली रेष्टुरेन्ट शुभेच्छा रेष्टुरेन्टमा प्रदर्शनी गरेका थिए। जुलाई २६ आइतबारमा कार्यक्रमको औपचारिक समुदघाटन गरेर प्रदर्शनीलाई एक महिनासम्म प्रदर्शनीमा राखिएका थिए ।
 
नेपाली राजदूतावास दक्षिण कोरियाका श्रमसहचारी अनिल गुरुङको प्रमुख आतिथ्यमा आयोजित समुदघाटन कार्यक्रममा अतिथिहरुमा एनसिसि कोरियाका कोरियाका उपाध्यक्ष जित गुरुङ, युवा व्यवसायी रबिन तामाङ , महिलाका लागि महिलाका पूर्ब अध्यक्ष जुनु गुरुङ र किराँत राई योयोक्खाका उपाध्यक्ष बालकृष्ण वान्तवा रहेका थिए ।
 
प्रदर्शनीमा वाटर कलर र एक्रोलिक कलरको मिश्रणबाट पेन्ट गरिएका करिब ३० वटा चित्रहरु प्रदर्शनीमा राखिएका थिए । राईको एकल प्रयासमा तयार पारिएका ती चित्रहरु प्रदर्शनीको संयोजन शुभेच्छा रेष्टुरेन्टले गरेको हो।
 
‘थी इन वान’ नाम दिएको प्रदर्शनीमा प्रदर्शन गरिने चित्रकलाले नेपालको चिनारीहरु विश्व शान्तिको अग्रदुत गौतम बुद्ध जन्मिएको देश नेपाल, विश्वकै सबै भन्दा अग्लो हिमाल सगरमाथाको देश नेपाल र विश्वमै जातीय, धार्मिक, सांस्कृतिक, भाषिक बिविधता भएको देश नेपाल भन्ने सन्देश दिने भएकाले प्रदशनीको नाम ‘थ्री ईन वान’ राखिएको राईले बताए ।
 
राईले प्रदर्शनीको अवलोकन गरि हौसला र सल्लाह सुझाव प्रदान गर्नुहुने सम्पुर्ण कोरियामा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई धन्यवाद दिएका छन ।
 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...