प्रजिताको ''लाइफ ईज ब्युटिफूल '' चर्चामा ( भिडियो सहित)


निश्चल काउचा 
 
सोल – अष्ट्रेलियामा बसेर नेपाली संगीत क्षेत्रमा सक्रिय प्रजिता गेलाल संगीत पारखीको लागि परिचित नाम हो | ८ वर्ष अघि अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेकी गेलालले अहिलेसम्म करिब ३० वटा गीतमा स्वर भरि सकेकी छिन | २०११ मा पहिलो एल्बम ‘स्टिल लभिङ यु’ , २०१२ मा ‘झुमी झुमी ‘ र २०१५ मा ‘ प्रजिता -आई एम अ ब्युटिफूल गर्ल ‘ गरि तीनवटा एल्बम बजारमा ल्याईसकेकी छिन |
पहिलो एल्बमको ‘चञ्चल चञ्चल’ र ‘तिम्रै लागि’ बोलको गीतले चर्चा बटुल्यो भने दोस्रो एल्बमको ‘ झुमी झुमी ‘ ‘रात ‘ र ‘झरी ‘ बोलको गीत पनि उत्तिकै हित भए | सानै देखि संगीतमा चाख राख्ने गेलाल केही महिना अघि मात्र दुबई पुगेर भूकम्प पीडितको सहयोगार्थ आयोजित कन्सर्टमा आफ्नो प्रस्तुति दिन पुगेकी थिईन | अष्ट्रेलियामा हुने विभिन्न सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रिय हुने गेलाल समाजसेवामा पनि रुचि राख्छिन |
गेलालको केही समय अघि बजारमा आएको तेस्रो एल्बमको ‘ लाइफ ईज ब्युटिफुल ‘ बोलको गीत अहिले चर्चामा छ | स्वर तथा शब्द गेलालकै रहेको उक्त गीतमा संगीत शैलेश अधिकारीको रहेको छ | एरेन्जर राहुल प्रधानले गरेका छन् | सुलोचना थिङले निर्देशन गरेको भिडियोमा अमृत सुनुवारले क्यामेरा चलाएका छन् | अभिनय गायिका गेलाल र मोनिक्यु बिल्सब्रोज्सले गरेका छन् | म्युजिक भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् |
 
 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पठाउ, काठमाण्डौंमा घर जिताउ
  • ह्याप्पी छुसक नाईट-२०२४ सेप्टेम्बर १६ मा हुने
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • नेपाली जन प्रगतिशील मञ्चले ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...