कोरियामा 'MERS' संक्रमित १८,सरकारद्वारा देश छोड्न प्रतिबन्ध
ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियामा गत हप्ताबाट फैैंलिएको मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम( MERS) नामक रोग एक हप्ता नबित्दैं यो रोगबाट संक्रमित हुनेको संख्या १८ पुगेको छ ।सोमबार मात्र थप ३ जनामा यो रोग भेटिएपछि संक्रमितको संख्या १८ पुगेको हो ।
एम ई आर एसबाट संक्रमित १७ जना मध्ये १५ जना ख्यंगी प्रान्तको एक अस्पतालमा रहेका छन् जहां पहिलो बिरामीलाई उपचार गरिएको थियो ।अधिकारीहरुका अनुसार प्रत्यक्ष सम्पर्कमा रहेका बिरामीको आफन्त र उपचारमा संलग्न डाक्टर तथा नर्सहरुमा यो रोग फैैलिदैं गएकोमा विज्ञहरु चिन्तित भएका छन् ।
यसैंबीच दक्षिण कोरिया सरकारले पुर्वी एसियाली श्वासप्रश्वास रोगबाट संक्रमित व्यक्तिलाई देश नछाडन आदेश दिएको छ ।यो रोगले महामारीको रुप लिएको भन्दैं नियन्त्रण गर्नका लागि यस्तो कदम चालिएको सरकारी धारणा रहेको छ ।श्वासप्रश्वाससंबन्धीको सो रोगबाट संक्रमित एक कोरियाली नागरिक चीनका लागि उडेपछि सरकार सर्तक बनेको हो ।
हालसम्म विश्वको २३ राष्ट्रमा फैैलिएको यो रोगीको संख्या ११ सय ४२ जना पुगेको छ । श्वासप्रश्वासबाट सर्ने यो रोग जोकोही बिरामीको नजिक आउदा संसर्गबाट सर्छ । यो रोगको लक्षण भने उच्च ज्वरो आउने, मांशपेशी दुख्ने र वाकवाकी लाग्ने गर्दछ ।त्यसैगरी खोकी लाग्ने,श्वास फेर्न गाह्रो समेत हुने गर्दछ ।
मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम नाम दिएको यो रोग मानिसमा श्वासप्रश्वाससंबन्धी विल्कुलैं नयां रोग हो ।यो रोग पहिलो पटक सन २०१२ मा साउदी अरबमा भेटिएको थियो ।त्यसपछि यो रोग विश्वभर महामारीको रुपमा फैंलिरहेको छ ।समयमा उपचार नगरे यो रोगबाट संत्रमित बिरामीको मृत्यु हुने समेत हुने गर्दछ ।