Advertisement
SKIP THIS

कोरियामा दलित समुदाय माथी अपशब्द बोल्ने ब्यक्तिलाइ कडा कारबाहीको माग


 

कोरियामा रहेका केही नेपालीले दलित समुदायलाइ होच्याउने गरि अपशब्द बोल्दै गरेको भिडियो सार्बजनिक भए सगै विभिन्न टिकाटिप्पणी र बिरोध शुरु भएको छ । भिडियो सार्बजनिक भए लगत्तै शशक्त दलित अभियान कोरियाले एक बिग्यती निकालेर शुरु गरेको बिरोध अभियान ब्यक्ति हुदै अहिले विभिन्न संघ सस्थासम्म पुगेको छ ।

उक्त भिडियोको अभिव्यक्तिले सिङ्गो दलित समुदाय माथिको अपमान र आत्मसंमानमा चोट लागेको भन्दै शशक्त दलित अभियान कोरियाले नेपाली राजदुताबास , एन सी सी ,र एन आर एन लाइ सम्बोधन गर्दै निज ब्यक्ती उपर कडा कारवाहीको माग समेत गरेको छ ।

कोरियामा रहेको किराँत राई यायोक्खा बुसान समाजले आयोजना गरेको उभौली साकेला पर्बको तयारीमा जुटेका सस्थाका केही आधिकारिक ब्यक्तिको समुहले नेपाली रेस्टुरेन्टमा बसि नेपाली राष्ट्रिय पोसाक ढाका टोपी लगाउने क्रममा ‘कामी, दमाई जस्तो देखियो’ भन्दै अति तुच्छ बोली र जातीय गाली ,गलौज गरेको भिडियोमा प्रष्ट सुन्न सकिन्छ ।

उक्त भिडियोमा कोरियामा निकै चिर परिचित र बुद्दिजिबी मानिने लोचन राई , व्यावसायी ध्यान राई,एन आर एन कोरियाका उपाध्यक्ष अमृत राई ,सन्जिब राई लगायतका अन्य ब्यक्तिहरु पनि देखिएका छन् ।

कोरियामा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तथा अन्य हजारौ ब्यक्तिहरुले उक्त अभिव्यक्तिलाई निच सोचको पराकाष्ठाको रुपमा जनाउदै व्यापक बिरोध जनाएका छन् भने कोरियामा रहेको दलित समुदायले आफुले गरेको बिरोधलाई कुनै पनि जाती र समुदाय प्रती लक्षित गरेर पुर्बाग्रह नराखेको तर सम्बन्धित ब्यक्तिले गरेको गल्ती प्रती भने घोर भत्सर्ना गरेको प्रष्ट पारेको छ ।

 

दलित समुदाय माथी अपशब्द बोल्ने ब्यक्तिले मागे माफी

भिडियोमा बोलिएको शब्दलाई लिएर सबैतिर व्यापक विरोध भए पछि सरोकारवालाप्रति दलित समुदाय माथी अपशब्द बोल्ने ब्यक्तिले माफी मागेका छन् । निक नेपाल ट्राभल नामक सामाजिक सन्जालमार्फत् उक्त फुटेजमा भएको घटना नियोजित तथा नियतबस नभै नितान्त दुर्घटना बस हुन गएको व्यहोरा व्यक्त गरिएको छ । यसरी बेपर्बाह ठट्टाको रूपमा बोलेको कुराहरू दुघर्टनाबस सामाजिक सञ्जालमा अपलोड हुन गई कुनै जातजातिहरूको आत्मसम्मान पर्न गएको आघात प्रति गहिरो दुख ब्यक्त गर्दै यस्तो बिषयहरुलाई जे जसरी हुन गएको हो अतिरञ्जित गराई सामाजिक सदभाब खल्बलाउने कार्य पनि कही कसैबाट नगरि दिन समेत अनुरोध गरेका छन् । ‘म दलित वा साना जाती भन्ने शब्द नै प्रयोग गर्न चाहन्न किन कि मेरो बुझाईमा साना तथा दलित जात भन्ने नै छैन त्यसैले यसरी विभेदकारी शब्द प्रयोग नगरि जात बिशेषलाई ईङ्गित गरि ब्यक्त भएको अभिब्यक्ती यसै सञ्जाल मार्फत फिर्ता लिएको घोषणा गर्दछु,’ निक नेपाल टभल नामको फेसबुक मार्फत् माफी मागेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...