Advertisement
SKIP THIS

विश्व कोरियन भाषा बक्तृत्व प्रतियोगितामा कमल गौतम छनोट


सौल .  कोरियामा प्रत्येक बर्ष हुने विश्व कोरियन भाषा बक्तृत्व प्रतियोगितामा नेपालबाट कमल गौतम छनोट भएका छन् । इपीएस प्रणाली मार्फत ४ बर्ष अगाडी कोरिया प्रबेश गरेका गौतम बक्तृत्व प्रतियोगिताका लागि छनोट चरण पार गर्दै सहभागी हुन लागेका हुन् ।

यहि मे-१४ तारिक मंगलबारका दिन सउल स्थित KHYUNG HEE UNIVERSITY को क्राउन हलमा हुन लागेको २२ औं विश्व कोरियन भाषा बक्तृत्व प्रतियोगितामा कमलले पहिलो पटक नेपालीको तर्फबाट सहभागी जनाउन लागेका छन् । KHYUNG HEE University र योन्हाप न्युजको संयुुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा ५८ देशका १३१६ प्रतियोगी माझ लेखन र प्रारम्भिक प्रस्तुति गरि दुइ चरणबाट छनोट प्रक्रिया गरिएको थियो । उक्त छनोट चरणमा नेपाल, फ्रान्स, जापान, चिन, रुस सहित १३ देशका १६ प्रतिस्पर्धी छ्नोट भएका छन।

सन् १९९८ बाट सुरु भएको यो प्रतियोगिता शुरुको बर्षमा आवेदन दिनेको संख्या ११ देशका ५६ जना बाट थिए भने गत बर्ष ५५ देशका ११९५जनाले आवेदन भरेका थिए । अहिले २२ औं बर्षमा नेपालका तर्फबाट कमल गौतम प्रतिस्पर्धीको रुपमा पहिलो पटक छनोट भएका छन् । आफुले भोगेका, बुझेका अनि सिकेका कुराहरू कोरियन समुदाय माझ प्रस्तुत गर्ने मौका  पाउँदा अत्यन्तै उत्साहित बनेको प्रतियोगी गौतमले बताए ।

युद्दले जर्जर बनेको कोरियाले आधा शताब्दी भित्र बिश्वको नजर खिच्ने गरि बिकाश गर्नमा के कति योगदान गर्यो ? नेपाल जस्तै बिश्वका सयौ बिकासोन्मुख मुलुकहरुले कोरियाबाट के सिक्ने भन्ने जस्ता बिषयहरु प्रतियोगितामा प्रस्तुत गर्ने बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • कोरियामा रहेको गैर आवासिय नेपाली संघबिच एकता हुनेमा अध्यक्ष गुरुङ सकारात्मक
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...