Advertisement
SKIP THIS

प्रबासी नेपाली एकता मन्च कोरिया द्वारा शोक बक्तब्य जारी , साथै यहि फाल्गुन १५ मा श्रद्धाञ्जली सभा गरिने


ताप्लेजुङको फुङलिङ, १० सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेकपाका केन्द्रिय सदस्य तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित अन्य ६ जना विशिष्ट नागरिकहरुको निधन प्रती नेकपाको प्रबास संगठन प्रबासी नेपाली एकता मन्च (ONUF) द.कोरियाले गहिरो शोक बक्तब्य जारी गरेको छ ।
मन्चका प्रस्तावित संयोजक पर्शुराम सापकोटा र सचिब दिलिप धिताल द्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको उक्त शोक बक्तब्यमा मुलुकले एक कुशल, सङ्घर्शशिल र बिकाशप्रेमी युबा नेता गुमाएको जनाइएको छ ।मन्त्री अधिकारी सहित पर्यटन उद्दमी ,राष्ट्र सेबक कर्मचारी,चालक र अन्य विशिष्ट ब्यक्तित्व हरुको निधनले देशलाइ अपुरणिय क्षति पुगेको मंचका सम्योजक सापकोटाले बताए ।
हेलिकप्टर दुर्घटनाको अपुष्ट खबर मिडियामा छाउने बित्तिकै कोरियामा रहेका अधिकाम्श नेपालीहरुले आ-आफ्नो सामाजिक सन्जालमा मन्त्री अधिकारी सहित सवार सबै जनाको कुशलताको कामना गरेका देखिन्थे ।यद्यपि दुर्घटना भएको पुष्टि पश्चात् पुनः सामाजिक सन्जालहरु शोकाकुल बनेका थिए ।
मन्त्री अधिकारीको निधनले देश बिदेशमा रहेका सम्पुर्ण नेपाली युबाहरु स्तब्ध बन्दै सामाजिक सन्जालमा शोक ब्यक्त गरेको देख्दा नेपाल आमाले एउटा सच्चा देशभक्त नागरिक गुमाएको मन्चका सचिब दिलिप धितालले बताए । साथै प्रबासी नेपाली एकता मन्च कोरियाले यहि मार्च ३ तारिक आइतबारका दिन सौल मा मृत आत्माहरुको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभाको आयोजना समेत गरेको छ ।कोरियामा रहनु दाजु भाइ दिदी बहिनिहरुलाइ सम्भब भएसम्म उपस्तिथ भएर श्रद्धा अर्पण गर्न एकता मन्चले अनुरोध समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...