फ्री टिकट र भिसाले कामदारको ५० अर्ब बचत हुने


नवराज ढकाल
काठमाडौं-वैदेशिक रोजगारीमा टिकट र भिसा नि:शुल्कको व्यवस्था कार्यान्वयन हुन सकेमा जाने कामदारको वार्षिक करिब ५० अर्ब रुपैयाँ बचत हुने देखिएको छ।
 
अहिले खाडी मुलुक र मलेसियामा जाने कामदारले म्यानपावर कम्पनीलाई औसतमा प्रतिव्यक्ति एक लाख २० हजार रुपैयाँ तिर्ने गरेका छन्। टिकट र भिसा नि:शुल्कको निर्णय कार्यान्वयन भएमा एक जना कामदारले औसतमा २० हजार रुपैयाँमात्र तिरे पुग्नेछ। बाँकी एक लाख रुपैयाँ प्रत्येक जाने कामदारको जोगिनेछ।
 
वार्षिक पाँच लाखभन्दा बढी वैदेशिक रोजगारीमा जान्छन्। गत वर्ष कुल पाँच लाख २७ हजार आठ सय १४ जना विदेसिएका थिए। गत वर्ष गएको संख्यालाई आधार मान्दा ५२ अर्ब ७८ करोड १४ लाख कामदारको जोगिन्छ। कुल विदेसिनेमा खाडी र मलेसियामा जाने जाने कामदारको हिस्सा ९५ प्रतिशत हाराहारीमा छ। गत वर्ष गएको संख्यामा पाँच प्रतिशत कम गर्दा पनि कामदारको ४८ अर्बभन्दा बढी बचत हुन्छ।
 
चालु आवमा विदेसिनेको संख्या अझ बढ्ने देखिएको छ। यो वर्ष जेठ महिनासम्ममा मात्रै चार लाख ८६ हजार दुई सय ८७ जना वैदेशिक रोजगारीमा गइसकेका छन्। प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दोक्रममा छ।
 
यस आधारमा नि:शुल्क टिकट र भिसाको व्यवस्था पूर्णरूपमा कार्यान्वयनमा आउन सकेमा कामदारको वार्षिक ५० अर्ब रुपैयाँभन्दा बढी जोगिने तथ्यांकले देखाएको हो। सरकारले असार २१ देखि भिसा र टिकट नि:शुल्क ल्याउन सक्ने म्यानपावरलाई मात्र कामदार पठाउन स्वीकृति दिने तयारी गरेको छ।
 
वैदेशिक रोजगारका विज्ञ डा. गणेश गुरुङ भिसा र टिकट नि:शुल्क भएपछि कामदारको वार्षिक ५० अर्ब हाराहारीमा बचत हुने बताउँछन्। ‘सरकारले जुनसुकै हालतमा पनि टिकट र भिसा नि:शुल्क हुने निर्णय कार्यान्वयन गराउनैपर्छ,’ उनले भने।
 
यसबाहेक नि:शुल्क प्रावधानले हुन्डी कारोबारीलाई निरुत्साहित गर्ने डा. गुरुङ बताउँछन्। वैदेशिक रोजगारीकै क्षेत्रमा वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढी हुन्डीको कारोबार हुने अनुमान छ। ‘हुन्डीमा पैसा विदेसिनेमात्र होइन, रेमिट्यान्समेत हुन्डीबाटै आउँदा त्यसले औपचारिक माध्यमलाई नै चुनौती दिने गरेको छ,’ डा. गुरुङले भने।
 
म्यानपावर कम्पनीले खाडी र मलेसियामा रहेका एजेन्टलाई ठूलो मात्रामा कमिसन बुझाउने गरेका छन्। कमिसन रकम हुन्डीबाटै विदेसिने गरेको छ। हुन्डी निरुत्साहित हुने भएकाले पनि नि:शुल्क व्यवस्थाको विरोधमा हुन्डी कारोबारीसमेत सक्रिय देखिएको विज्ञ बताउँछन्।
 
‘म्यानपावरले हुन्डीमार्फत विदेशमा रहेका एजेन्टलाई पैसा पठाउने र कामदारले पनि तिनै हुन्डी कारोबारीमार्फत नेपालमा पैसा पठाउने गर्दा बैंकिङ माध्यमबाट रेमिट्यान्स भित्रिनेक्रम सुस्त भएको छ,’ डा. गुरुङले भने।
 
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा कुल चार खर्ब ८९ अर्ब सात करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यस वर्ष वृद्धिदर जम्मा १० प्रतिशतमात्र छ। गत वर्ष २९.७ प्रतिशतले वृद्धि भएको थियो। ‘विदेशबाट पैसा आउनेक्रम बढ्दोक्रममा रहे पनि औपचारिक माध्यमबाट भित्रिने वृद्धिदरमा सुस्त हुनुमा हुन्डी नै मुख्य कारण हो,’ डा. गुरुङले भने।
 
नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश ग्रामीण क्षेत्रका गरिब युवा छन्। उनीहरूले विदेसिन साहुमहाजनसँग २४ देखि ३६ प्रतिशतसम्म ब्याज तिर्ने गरी ऋण लिने गर्छन्। खाडी र मलेसिया गएकाले ऋण तिर्न नै एक वर्ष लाग्छ। हाल सरकारको अनुमति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ३६ लाख पुगिसकेको छ।–अन्नपूर्ण

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...