प्रेम प्रस्ताव राखेर हैरान पार्छन – गायिका सम्झना लामिछाने मगर


२०६८ सालमा ” गण्डकीको तीर जिन्दगीमा तिम्रो साथ् पाएकी छु मलाई केको पीर” बोलको गीतवाट आफ्नो गायन यात्रा थालेकी सम्झना लामिछाने मगर पछिल्लो पुस्ताको चर्चित लोक दोहोरी गायिका हुन् | अर्घाखाचीको जुकेना -९ मा जन्मेकी मगरले अहिलेसम्म ६ दर्जन भन्दा बदि गीतमा आफ्नो सुरिलो स्वर भरिसकेकी छिन | ”फुल फुलेर पहेलै” बोलको गीतवाट बेस्ट दोहोरी गायिका ईमेज अवार्ड २०७१ बाट सम्मानित भईसकेकी मगर देश विदेशमा हुने स्टेज प्रोग्राममा आफ्नो कला पस्कन पनि उत्तिकै ब्यस्त हुने गायिका मध्य पर्छिन | दुबई , मलेसिया , दक्षिण कोरिया , हङकङ , युके , मकाउ , बहराईन , बेल्जियम , ईटली , पोर्तुगल , फ्रान्स र भारतसम्म पुगेर गला पस्केर लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै परिचान बनाउन सफल मगरसंग वर्तमान लोक संगीतको बारेमा फोनिज कोरिया संवाददाता निश्चल काउचाले गरेको कुराकानी :-

अचेल केमा ब्यस्त हुनुहुन्छ ?

 

अब तिज पनि नजिकिदै छ | त्यसैले तिजको गीतहरु रेकर्ड गर्दै छु | मैले अघिल्ला ३ बर्ष देखी तिज बिशेष एल्बम निकाल्दै आईरहेकी छु | यसपाली त्यसैको तयारी र स्टेज प्रोग्रामहरुमा ब्यस्त छु |

 

लोक गीतको बजार कस्तो छ ?

पहिलेको तुलनामा बजार खस्केको छ | एल्बम बिक्न छोडेको छ तर मेहनत र संघर्ष गर्न सके राम्रै छ |

 

गीत गाएर बाच्न गाह्रो छ भन्छन नी ?

देश बिदेशमा स्टेज प्रोग्राम दिन सक्यो भने सजिलो नै छ नभए गाह्रो नै छ |

पछिल्लो चरणमा लोक दोहोरीको नाम छाडा गीत आयो भन्छन नी ?

यो त समय अनुसारको परिबर्तन हो | धेरै दर्शक तथा स्रोताहरुले यस्तै खालको गीत बदि मन पराईदिनु हुन्छ | अब कस्तो गीतलाइ छाडा भन्ने ?

कस्ता – कस्ता फ्यानहरु छन् ?

धेरै जसो मलाई हौसला दिने र सपोर्ट गर्ने खालका छन् तर कोही-कोही तिम्रो लागि ज्यानै दिन्छु भन्नेहरु पनि छन् |

प्रेम प्रस्ताव राख्नेहरु पनि होलान नी ?

 

सम्झना लामिछाने मगर बिबाहित हो भनेर थाहा पाउनेहरुले राख्नु हुन्न तर थाहा नपाउनेहरुले प्रेम प्रस्ताव राखेर हैरान पार्नु हुन्छ |

लोक गीत बाहेक अरु गीत पनि गाउने बिचार छ की ?

अहिलेसम्म त लोक दोहोरी नै आउदै आएको छु तर पछि समय अनुसार समय आए अरु गीत पनि गाउने छु |

भावी योजना के छ ?

संगीतलाई नै निरन्तरता दिने छु | समाजसेवा गर्ने सोच पनि छ त्यस बाहेक ब्यापार गर्ने सोचाइ छ |

 

 

संगीतमा लाग्ने प्रेरणा कहाँवाट पाउनु भो ?

म सांगेतिक माहोल भएको परिवारमा जन्मेकी हु | बिशेष त आमा र दिदीको प्रेरणाले यो क्षेत्रमा लागेकी हु |

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

 

मेरो गीतलाई मन पराई दिनु हुने सम्पूर्ण लोक पारखी नेपाली दाजु भाई , दिदी बहिनीहरु र मेरा फ्यानहरुलाई धन्यवाद भन्न चाहन्छु | आगामी दिनहरु पनि मेरो गीतलाई यसरी नै माया गरि दिनु होला भन्दै मेरा दुई चार शब्द देश विदेशमा पुर्याउन सहयोग गर्ने फोनिज कोरियालाइ बिशेष धन्यवाद दिन चाहन्छु |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...