कोरीयामा संघ,संस्था र समाजसेवाहरु


 संघ र सस्थाको आधिकारिक रुपमा शुरुवात कहाँ वाट भयो?अनि अन्त कहाँ पुगेर हुनेछ?पक्कै मानिसले भौतिक मात्र भएर मानसिक पनि अथवा जव चेत र चेतनाको पायो।यहिवाट समाज र समाजप्रती उत्तरदायीत्व बड्दै जादा विस्तारै यसकाे शुरुवात र संस्थागत विकास भएको हुनुपर्छ।मन्दिर,चर्च,मस्जिद र गुम्वाहरुमा आध्यात्मिक वाटोमा हिड्न आध्यात्मिक धर्मशास्त्रको लक्ष्मणरेखा पार नगरि बनेका समाजहरुको इतिहास सायदै लामो हुनसक्छ।फगत आधुनिकतामा खोलिएका धर्मवाट फरक संस्थाहरु दोस्रो विश्वयुद्धको अन्त्य संगै खोलिएका विभिन्न मानअधिकारवादी सस्थाको आसपास सहजै खुल्न र व्यापक हुनथालेको हुनुपर्छ सायद।रेडक्रस जस्ता संस्थाहरुको इतिहास अपवादमा लामै छ।
              सहजै मानवसेवा जोडिन सकिने यो विधी साच्चै लोभलाग्दो देखिन्छ।जो सुकैले कमाएको निश्चित प्रतिशत दिनदु:खीहरु प्रती परोपकारमा खर्च गर भनि जुनसुकै शास्त्रमा लिपीवद्ध गरिएको छ।मानविय गुण भित्रको एउटा सुन्दर गुणपनी हो।जहाँ मानव समाज रहन्छ त्यहाँ यसप्रकारका समाजहरु स्थापित हुन आवश्यक छ।करिव ६० हजारको हाराहारिमा नेपाली रहेको दक्षिण कोरियामा यस्ता सस्थाहरु वन्नु पक्कै समाजलाइ लाभदायकनै छ।हरेक वस्तुभित्र सकारात्मक नकारात्मक गुणहरु हुन्छन निर्जिव वा संजिव जेशुकै होस।यस्ता सजिव वस्तुहरु जहाँ कहिलेकाही नकारात्मकताले ढपक्कै ढाकेर सकारात्मकता गौण वनिदिन्छ।अथवा आफैमा त्यो असन्तुलित हुन्छ सायदै त्यसैले त्यसलाइ सजिव भनिएको होला।
               समाजसेवा सवैले एउटै आँखाले समान रुपमा हेर्ने कुरापनि भएन।कोही मन्दिर वनाउन समाजसेवा मान्लान कोही स्कुल वनाउन। फरक छन हाम्रा चेतहरु।सानो संख्यामा ठुलो जमातहरु संगठित गर्न सके पक्कै परिणाम असल निकाल्न सहज होला।६० हजारको संख्यामा रहेका नेपालीहरु र १५० माथि खुलेका संघसस्थाहरु।तालमेल पक्कै नमिलेको हुनुपर्छ।अथवा केही मुठ्ठीभर यो समाजको नेत्रित्व गर्नेहरुले आफु अनुकुल फुटाएर राज गरिरहेको हुनुपर्छ।प्रतिस्पर्धा उत्पादन क्षमतामा गर्न सिकौ समाजसेवामा हैन।
कोरियन ठुलाचाडहरुको लामो विदाहरुसंगै एकप्रकार प्रतिस्पर्धा रहन्छ। कस्ले कार्यक्रम गर्ने कस्ले नगर्ने।समाजसेवा गर्न प्रतिस्पर्धा गर्नै पर्दैन ।यो वुझ्न अव ढिला नगरौ।लामो इतिहास वोकेको नेपाल सम्पर्क समिती र एनआरएन दुइवटा ठुला संस्थाको छत्रछाँयामा च्याउझै उम्रिएका संघ संस्थाहरु छन।माथि उल्लेख गरेझै कमाएको केही प्रतिशत समाजसेवामा खर्च गर्न चाहन्छ मानिस।जव आर्थिक रुपमा केही सक्षम
हुन्छ पक्कै समाजप्रती दायीत्व पनि बडाउदै जान्छ।फगत एउटै क्षेत्र वा जातको सेन्टिमेन्टमा तत्त सम्वन्धित मानिसहरु जोडिएर गरिने समाजसेवाहरु केवल देखावटी र नौटंकी वाहेक केही हैन।
                 सानो आय भएका निम्न मध्यम वर्गिय युवाहरु कडा मेहनत वाट कोरिया आएका छौ।यहाआएपछीको आकर्षक कमाइ अनि साथि संगतीको उठवसले समाजसेवा गर्ने नाममा अन्तैत जादै छैनौं ? करिव २ हजार देखी २५ सय डलर प्रतीमहिना आम्दानी भएपछी करिव एउटै भुगोल र जात जोडिने १० व्यक्तीहरु भेला भएर १ अध्यक्ष,३ उपाध्यक्ष,१सचिव३ सहसचिव १ कोसादक्ष्य र १ सदस्य भएको सस्था खोल्नु सामान्य हो।सवैलाइ पद चाहिएको छ।१० व्यक्तिहरुको एकमहिनाको तलव डिपोजिट गरेपछी लगभग केही चलेको र केही चलाउन चाहने कलाकार ल्याएर गरिने कार्यक्रम र त्यसको आडमा देखाउने समाजसेवा कुन वाटोमा जादैछ? यस्को तानाबाना कहाँवाट वनाउदैछ?यि विसय नवुझि अव नगरौ समाजसेवा।उक्साहट र प्रतिस्पर्धाको नाममा गराइने कार्यहरुले राम्रो सन्देश नजाला।माथि उल्लेख गरेझै समाजसेवा गर्न चाहनेहरुलाइ यसरी भ्रम पारिएको हुन्छकी तपाइहरुको कार्यक्रम असफल होला है? मान्छे नआउला है?यस्तै यस्तै।
तिजको दर खाएर वुसानवाट किमेजाँदा त्यहाँ एउटा वैनीले दाइ वुसानमा कति मान्छे? धेरै थिए भन्दिए मैले संख्या?त्यस्तै १०० होला भने ओहो दाइ उसोभा किमेको सफल भएछ यहाँत २०० माथि थिए।कस्तो कुरा गर्या त्यहाँनी पुलिस आएर समातेन कोही।नाच्न नपाएर विरत्तिएन कोही कसरी असफल भो?हैन दाइ त्यैपनि यहाँको सफल भएछ मान्छे धेरै थिए।कहाँवाट कसरी सफल र असफलको सर्टिफ़िकेट दिने संचालित छ जस्ले हरेक मान्छेको मन भुटिरहेछ।अव यस्को लेखाजोखा गरौ।
             समाजसेवा गर्न कस्सिएका सवैले प्रतिस्पर्धा नभएर सहकार्य गरौ।केही थान व्यवसायीहरुले तिनका व्यवसाय लक्षित खोलिएका संघ र संस्थाहरु अव समिक्षा गर्न ढिला नगरौ।मेहनतले कमाएको पैसा सहि सदुपयोग गरेर समाजसेवामा लगाउन सके सजिलो परिणाम देखिन्छ।सल्नाल  वा कुनै चाडमा समाजसेवाको नाममा गरिने कार्यक्रम र उठाइएको पैसाले सिदै सम्वन्धित क्षेत्रमै काम गरे कति परिणाम निस्कला?कसैले सोच्ला यति भनेर फलानो र ढिस्कनो कलाकार भव्य र सव्य कार्यक्रम भन्दा त मान्छे ननिस्किएर चौपट छ कति आदर्सको कुरा गरिरहेछ यो मान्छे?यदि समाज सेवालाइ त्यही रुपमा वुझाएर रकम संकलन गर्न र काम गर्न विस्वास दिलाउने तिम्रो वौधिकताले सक्दैन र कलाकारको फोटो देखाएर नौटंकी समाजसेवाको नाममा विल्लामा ठाटिएर निस्कन पर्छ भने वन्दगर तिम्रा नाटक।तिमी समाजसेवी हैन कलंकित व्यवसायि हौ।वस्तुको गुण र दोसको आधारमा क्रय र विक्रयको मुल्यमा अन्तर वनाउदै नाफा कमाउने उक्त वस्तुको गुणदाेसको व्याख्या गर्ने व्यवसायी हो।त्यही वस्तुको गुण दोस  ठुलो व्यक्तीवाट गराएर अंकुत कमाउन चाहने कलंकित व्यवसायी।
             यति विकराल वन्दैछकी हाम्रो कोरीयाली समाज।एउटा नेपाली पक्रन अर्को नेपाली पुलिस लिएर जान्छ।कसैले कसैको कुरा मान्नेवाला छैन।कोही कांग्रेस रे ,कोही नेकपा रे ,कोहि राइ रे ,कोही मगर,कोही एनसिसी,कोही एनआरएन,कोही झापाली,कोही स्यांगजाली कस्ले वनाउदैछ यस्ता परिचय हामी नेपाली भन्दा ठुलो गरि अनि किन वहकिदै छौ हामी?जावो २,३ हजार डलर महिनाको कमाउदैमा हामी हाम्रो धरातल भुल्दै किन यति निच हुदैछौ?के नेपालीको प्रती व्यक्ती आय ११ सय डलर हैन कि त्यहापनि माथि भनेझै पार्टी,जाती र क्षेत्र पिच्छे फरक छ?
               धेरैका अनुभव र गुनासोहरु सुन्दा केवल समाजसेवा भन्दै केही थानहरुले कमाउने वाटो वनाएको।केवल कार्यक्रमको नाममा गरिने अर्थसंग र मजदुर देखाएर फोटोको व्यपारसंग अव टाढा रहन जरुरी छ।आजकल त अधिकांश मानिस वाहिर निस्कन मान्दैन कारण समाजसेवाको नाममा भएको अनियमितता विल्लाको नाममा खुम्चिएको समाजसेवा।कहाँवाट शुरु भयो यस्तो फोहोर र अव के गर्दा सफाहुन्छ यता ध्यान दिऔ।एनआरएनको नेपाल हाउस सन्चालन र एनआरएनको आर्थिक पारदर्सीता पहिले स्पस्ट पार्न जरुरी छ।जस्ले जतिसुकै गाली गरेपनी वा जेसुकै भनेपनी एनआरएन एउटा नेपाल सरकार मातहत रहने वैधानिक निकाय हो पहिले यहिवाट सफ़ाई शुरुवात जरुरी छ।विधी र प्रक्रिया अनुसार संन्चालन जरुरी छ।केही थान अवैधानीक कार्य गर्दै केहीथान कार्ड वनाएर चुनाव जित्ने र जिताउने कार्य अव वन्द गर्न जरुरी छ।सस्थाको विधानले अविच्छिन्न उत्तराधिकारीवाला सस्था भन्छ त्यस मुताविक जुनसुकै कार्यकाल वा जोसुकैको पालामा भएपनी त्यसको ज़िम्मेवार अहिलेको कार्यसमिति रहन्छ यसतर्फ ज़िम्मेवारहरु सचेत रहुन।
प्रवासको सस्थाको भाइरस अनावश्यक रुपमा वनाइएको संरक्षकको व्यवस्था हो।संरक्षकको अर्थ र परिभासा ५ कक्षाको विधार्थीलाइ सोधौ।कसैको लगानी वा कसैले दिएको दानको सम्मान स्वरुप दिइने पदवी अविच्छिन्न उत्तराधिकारीवाला वा तोकिएको निर्वाचन पद्धतीवाट कार्यसमिति निर्माणहुने सस्थाना कसरी हुनसक्छ?के एनआरएन कोरीया अपांग,वालक वा वेसहार हो र ? यस्मा संरक्षक आवश्यक छ?कि संरक्षकको ठेकेदारीमा चल्ने सस्था हो।स्पस्ट संविधानले तोकेको व्यवस्था वनोजिम वनेको उत्तराधिकारीवाला सस्थाको संरक्षक स्वयम संविधान हुन्छ र रहन्छ।एनआरएन लगायत सवै संघ र सस्थाको विधानवाट औपचारिक रुपमा संरक्षक शव्द हटाउ।समस्या समाधानको वाटोमा जान्छ।अव कसैले सामान्य रुपमा नवुझोस एनआरएनको विधान अधिवेशनमा यो विसय अव विधीवत रुपमा पारित गरेर उत्तराधिकारीवाल सस्था तत्त्वों वमोजिम चल्न दिने वातावरण निर्माण गर्न म आफै अग्रसर हुनेछु।आवश्यक विधान वनाउन र कार्यन्वयन पक्ष सहज वनाउन ज़िम्मेवार पक्ष तयार रहनुहोला।अन्यथा लुट र भुटको मानसिकतामा चल्न दिइने छैन।सम्मान योग्य सम्मान पाउनुहोला अपमान योग्य अपमान।
विधान अव नेपालको संविधान र कोरियाको संविधानको मर्म र भावना वमोजिम वन्नेछ केही थान टाउकाहरुको विल्लाको वजनमा नभएर।सके सम्म भए गरेका समाजसेवाका लेखाहरु स्पस्ट गरौं। हिसाव किताव लेखापरिक्षणको सामान्य शिद्दान्तहरुमा वाधिेएर गरौ।पद जहाँ देखेनी कुदेर आफै हुने भन्दा पद अनुसार आफु सक्षम हुने वाटो रोजौ समाज विस्तारै परिवर्तनको वाटोमा जानेछ।संघ सस्थाहरु अटोमेटीक परिणाममुखी हुनेछन। समाजसेवाको नाममा करौडौ उठाएर कोही टाउकाहरुले भट्टीमा सोजुसंग साट्नु पर्दैन काममै लागुहुन्छ।सवै नेपाली समाजमा देखिनेछन।
लेखक ठगेन्द्र प्रसाद न्यौपाने

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...