किम्हे लाईभदोहोरी साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न


स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाद्वारा जिल्लाको ग्रामीण स्वास्थ्य क्षेत्र सहयोगार्थ फेब्रुअरी ३ तारिख किम्हेमा पहिलोपटक आयोजित किम्हे लाईभदोहोरी साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

“हाम्रो संस्कृति,हाम्रो पहिचान ! लोक जागरण,हाम्रो अभियान !!” भन्ने मुल नारा सहित आयोजित कार्यक्रम शाखाका अध्यक्ष जीवलाल काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथि किम्हे माईग्रेन्ट सेन्टरका सञ्चालक यज्ञराज सुवेदी, विशेष अतिथिहरुमा स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्रका अध्यक्ष युवराज गुरुङ,केन्द्रिय वरिष्ठ सल्लाहकारद्वय गुप्त गुरुङ र धर्म गुरुङ, संस्थाको थेगू शाखा अध्यक्ष विरेन्द्र नौभाग्य, एनसीसी बुसानका अध्यक्ष संगीत अधिकारी रहेका थिए । यसैगरि अतिथिहरुमा संस्थाको केन्द्रिय सल्लाहकारहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू रहेका थिए।

शाखाको वरिष्ठ सल्लाहकार नवराज वाग्लेको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रममा थेगू शाखाका अध्यक्ष विरेन्द्र नौभाग्य, एनसीसी बुसानका अध्यक्ष संगीत अधिकारी, केन्द्रका अध्यक्ष युवराज गुरुङले शुभकामना मन्तव्य राखेका थिए । यसैगरि प्रमुख अतिथि यज्ञराज सुवेदीले प्रवासी भूमिमा पनि आफ्नो मौलिक कला र संस्कृतिको संरक्षणमा आयोजकले गरेको प्रयासको प्रशंसा गर्दै कार्यक्रम सफलताको शुभकामना राखे ।

नेपाली मौलिक बाजागाजाको सुमधुर धुनहरुको लाइभ प्रस्तुतिसँगै शुरु भएको सांस्कृतिक कार्यक्रममा कोरियामा स्थापित चर्चित लोकदोहोरी गायिका रमिला गौतम, लोकदोहोरी गायक सुमन चापागाँई, लोकदोहोरी गायक रेशम अर्याल र शैलेश रानाले आ-आफ्नो प्रस्तुति राखेर उपस्थित दर्शकहरुलाई नचाएका थिए । यसैगरि लोकदोहोरी गायक सुरज के.सी.र लोकदोहोरी गायिका पारु आलेको दोहोरी घम्साघम्सीले कार्यक्रम थप रोमाञ्चक बनाएको थियो ।

नेपालबाट आमन्त्रित ईमेज लोक कलाकार पब्लिक च्वाईस विजेता चर्चित नवउदयमान लोकदोहोरी गायक नर बहादुर राना (सुरेश) ले आफ्नै सालैजो गीत बरिखा लाँउदा, यानीमाया, पान खायो मायाले र चर्चित मौलिक लोकदोहोरी गीत उही खोलीमा पानी गाएर दर्शकलाई नचाएका थिए । यसैगरि नेपालबाट अाएका लोकदोहोरी गायक खुमन अधिकारीले आफ्नै चर्चित गीतहरु स्याङ्जाली झापाली, पञ्चेपाजा, दोहोरीमा र्याप लगायत आधा दर्जन गीत गाएर पसिना छुट्नेगरि दर्शकलाई नचाएका थिए । यसैगरि नेपालबाटै अाएकी डान्सर प्रिति आलेले आफ्नै बहुचर्चित गीत फुल्यो बामरी, बेली डान्स र दोहोरी ब्याटल गाएर दर्शक संगसंगै नाचेका थिए । कार्यक्रमको मुख्य आकर्षण भने आधींखोला उर्लेर आयो भाकामा खुमन अधिकारी र प्रिति आलेको करिब आधा घण्टा सम्म चलेको दोहोरी घम्साघम्सी बनेको थियो। प्रिति आलेले खुमनसंग मात्र नभएर नर बहादुर राना संग खेलेको दोहोरी घम्साघम्सी पनि कम भने थिएन ।
कार्यक्रमको अन्तमा लोकदोहोरी प्रतिष्ठान नेपालद्वारा प्रतिष्ठानका सचिव खुमन अधिकारी, गायिका प्रिति आले र गायक नर बहादुर रानाले स्याङ्जा परिवार दक्षिण कोरियाले स्याङ्जाको वालिङ्मा सम्पन्न साधारण सभामा आर्थिक सहयोग गरि पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै केन्द्रिय अध्यक्ष युवराज गुरुङ लगायत कार्यसमितिलाई प्रशंसा पत्र प्रदान गरेको थियो भने आयोजकको तर्फबाट आमन्त्रित कलाकारहरुलाई मायाको चिनो, प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको थियो । साथै कार्यक्रमका सभापति जीवलाल काफ्लेले उपस्थित सम्पूर्ण दर्शक,सम्पूर्ण सहयोगी संघसंस्था एवं व्यक्तित्वहरु लगायत आमन्त्रित र स्थानीय कलाकारहरुलाई धन्यवाद मन्तव्य राख्दै कार्यक्रमको समापन भएको घोषणा गरेका थिए । कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रम शाखा सचिव सन्तोष पोखरेलले र दोश्रो चरणको साँस्कृतिक कार्यक्रम कुशल प्रस्तोता किसान गुरुङले सञ्चालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...