Advertisement
SKIP THIS

कोरियाबाट फर्केर समाजसेवा गर्दै पेम साङ्बो शेर्पा


कोरियामा ५ बर्ष काम गरेर फर्केका पेम साङ्बो शेर्पा अहिले विभिन्न सामाजिक कार्यमा खट्दै आइरहेका छन् । अहिले उनकै पहलमा दोलाखा जिल्लाका अति दुर्गम बिगु गाउँ पालिका वडा नं ७ गौरी शंकर माविलाई भौतिक र आर्थिक सहयोग जुटाएर सहयोग गरिएको छ ।

यहि माघ १० गते उक्त सामग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष आङ निमा शेर्पा सहित प्रमुख अतिथिको रुपमा भर्खरै दक्षिण कोरियाबाट फर्केका युवा समाजसेवी पेम साङबो शेर्पा रहेका थिए । उक्त कार्यक्रममा स्थानिय बुध्दिजिवीहरू, समाजसेवीहरू र दोलखा बिगु शेर्पा युवा कल्व काठमान्डौ र साखा कल्व बिगुका अध्यक्ष द्धय र अन्य संघ (संस्थाहरूका प्रतिनिधि, अभिभागहरू, विधालय ब्यबस्थापक, शिक्षकहरू र कक्षा एक देखि दश कक्षा सम्मको सम्पुर्ण विधार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिद्यालयका प्रिन्सिपल पेमा ठिलेन शेर्पाले स्वागत मन्तव्य राखेका थिए।साथै समाजसेवी शेर्पा लगाएत सबै सहयोगी दाताहरूलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्ने आशा ब्यक्त गरे । त्यसैगरी बिद्यालयमा भुकम्प पस्चात पनि सहयोग रकम संकलन गरि पठाएकोमा प्रसंसा र धन्यवाद ब्यक्त गरे । मन्तव्यकै क्रममा बिगु शेर्पा युवा क्लवका अध्यक्ष दवाछिरी शेर्पाले विधार्थी जीवनमा अनुशासनको महत्वको बारेमा केही भनाई राख्नुका प्रमुख अतिथीको प्रसंसा गर्दै भने, उहाँ हाम्रै क्लवको निवर्तमान अध्यक्ष हुनुहुन्छ, अहिले हाम्रो युवा पु्स्ताको यो गाउँको आशा विश्वास र भरोसा भएका युवा समाजसेवीको रुपमा विगत एक दशक देखि उदाईरहेको छ यसमा हामी खुसी र उहाँको हरेक सकरात्मक कार्यमा हामी युवाहरूको साथ समर्थन रहनेछ ।

दक्षिण कोरियामा रहँदा पनि निरन्तर विभिन्न संघ(संस्था सामाजिक कार्यहरूमा संम्लक्न रहेर फेरि पुर्न आफ्नै स्वादेशमा सकृय भएकोमा गर्व गर्दै उनले थपे, उहाँको यो कार्यले गर्दा हामी सबै हर्सित हुनुका साथै उहाँलाई हामीले सकेको साथ दिन तयार छौ किनकी आज धेरै युवाहरू विदेश पलायन हुँदै गर्दा उहाँ भने विदेशबाट स्वदेशमा नै केही गर्ने जोस जाँगरका साथ फर्कनु भएको छ । उहाँमा एक यस्तो सकरात्मक सोच विचार छ जहाँ गाउँ समाज बन्न पर्छ र हामीले नै बनाउँनु पर्छ भन्ने सकरात्मक विचार पनि भएको र उमेरले म भन्दा अलि साना भाई नै भएता पनि उहाँको विचार र परिपक्कताले विगत एक दशक देखि निरन्तर सँगै छौ अझै हुने छौ भन्दै आफ्नो भनाई राखेका थिए । कार्यक्रममा प्रमुख अतिथी युवा समाजसेवी पेम साङबो शेर्पाले यस विधालयमा एक वर्ष मात्र पढ्ने अवसर पाए पनि आफु यहि विद्यालयको विधार्थी भएको र जिवनको पहिलो शिक्षा यही सिकेकोमा गर्व गर्दै सम्पुर्ण शिक्षक गुरुहरूलाई धन्यवाद दिँदै भने, म तपाईहरूको ऋिणी छु, मैले सकेको सहयोग निरन्तर गरिरहने छु, म आज जहाँ रहेको छु त्यो सबै हजुरहरूकै कारण हो । उनले आफ्नो विद्यार्थी जीवनी सुनादै शिक्षाको महत्व र विधार्थी जिवनको साथ(साथै शिक्षक र विधार्थी साथै अभिभावक सबैको संम्बन्ध कस्तो हुनु पर्छ साथै शिक्षाले समाजलाई पार्ने सकरात्मकरनकरात्मक असर आदिका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमका आध्यक्षले प्रमुख अतिथि र अन्य सम्पुर्ण अतिथीहरू र सबै सहयोगी र अन्य उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रम समाप्त भएको घोषणा गरे । ब्यक्तिगत र अन्य केहि सहयोगी साथीहरूद्धरा समुहिक रूपमा विधालयमा अति आवश्यक सामाग्रीहरू  कुर्सी-१५, रोस्टम-१,भलिबल-६, साउण्ड बॉक्स-१, नेट-१, ब्याडमिन्टन-३, मादल-१, झ्यालि-१, मुरली-१, ईस्किपिडं, चेस वोड आदि साथै शैक्षिक भ्रमण कार्यक्रमका लागि पनि रू पाँच हजार रकम कार्यक्रम स्थलमै सहयोग गरिएको र अन्य सहयोगी दाताहरू जस्तै लाबुटि शेर्पा, कैलाश बस्नेत, पेम साङबो शेर्पा र सोही विद्यालय को पूर्व विधार्थी किन्जू शेर्पाले पनि सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...