Advertisement
SKIP THIS

इपिएसको श्रमिकलाई कम्पनीको गल्ति भएमा बिना अनुमति कम्पनी परिबर्तन गर्न पाउने नियममा परिबर्तन


प्रवासी मजदुर संगठन (एमटियु)को निरन्तर दबाबको कारण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले इपिएसको श्रमिकलाई कम्पनीको गल्ति भएमा बिना अनुमति कम्पनी परिबर्तन गर्न पाउने नियममा केहि परिबर्तन गरेको छ ।

रोजगार तथा श्रम मन्त्रालयले इपिएसको श्रमिकलाई २०१९ फेब्रुअरी १ तारिकदेखि लागु हुने गरि कम्पनीले कानुनमा तोकिएको शर्त उलंघन गरेको प्रमाणित भएमा कम्पनीको बिना अनुमति कम्पनी परिबर्तन गर्न पाउने नियम बनेको हो ।

जसअनुसार सरकारले अबदेखि प्रवासी श्रमिकलाई मजदुर आधार कानुन नियमावलीको दफा ५५ र धारा ५८ मा तोकिए बमोजिमको कोठा ,जाडोमा भुइँ तताउने बोइलर ,शौचालय र नुहाउने ठाउँ ,कोठा, शौचालय र नुहाउने ठाउँमा चाबी लगाउन मिल्ने ,आगोलागी हुनबाट बचाउन अग्रिम जानकारी गराउने मेसिन र आगो निभाउने सामग्री भएको कोटा उपलब्ध गराउनु पर्ने छ ।

कानुनले तोकिए अनुसारको सुबिधा भएको बस्ने कोठा उपलब्त्र नगराएको अवस्थामा सम्बधित निकायले कोठाको सुविधामा सुधार गर्नु भनि समयावधि तोक्ने छ । तोकिएको समयावाधि भित्रमा पनि बस्ने कोठा सुधार भएन भने सो कुराको प्रमाणित भएको अवस्थामा कम्पनी परिबर्तन गर्न पाइने भएको छ ।

त्यसैगरी सम्झौता पत्रमा उल्लेख भएको काम शुरु हुने समय कम्पनी साहुले श्रमिकको सहमति बिना २ घण्टा बढाएमा वा घटाएमा सो कुरा प्रमाणित भएमा कम्पनी परिबर्तन गर्न पाउनुका साथै कम्पनीमा कम्पनी मालिक, काम गर्ने सहकर्मी ,नातेदारले नियमति रुपमा कुटपिट, गालीगलौज, बलात्कृत जस्ता अभद्र व्यवहार गरेर सो कुराको प्रमाणित भए भएमा तीन दिन भित्रमा तुरुन्त कम्पनी परिबर्तन गरिदिनु पर्ने या बिना अनुमति कम्पनी परिबर्तन गर्न पाइने छ ।

त्यसैगरी तलबको ३० प्रतिशत भन्दा बढी २ महिना भन्दा बढी अवधिसम्म नदिएमा वा ढिला दिएको अवस्थामा २ महिनाको तलब नदिएको अवस्थामा तलबको १० प्रतिशत रकम ४ महिनासम्म नदिमा वा ढिला दिएमा पनि हिसावकिताव चुक्त गरी कम्पनी परिवर्तन गर्न पाइने उल्लेख गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...