मनकारी कम्पनीले दियो भुकम्प पिडित कामदारलाई आर्थिक सहयोग
निश्चल काउचा
सोल – ईछन स्थित जोईन नामक कृषि कम्पनीले गत बैशाख १२ मा गएको विनासकारी भुकम्पमा परि घरबार बिहिन भएका पिडित कामदारलाई आर्थिक सहयोग गरेको उक्त कम्पनीमा कार्यरत नुवाकोटका कृष्ण नेपालले जानकारी दिए |
जोईन नामक कृषि कम्पनीको कोरियाभर शाखा रहेको र सबै शाखामा करिब ३ सय जना नेपाली कार्यरत रहेका छन् | भुकम्पवाट घरबार गुमाएका नुवाकोटका कृष्ण नेपाल , ललितपुरका पंचलाल लामा र बाग्लुङका अमृत केसीलाई १५ लाख ७२ हजार वनको दरले ३ जनालाई कम्पनीले उक्त रकम प्रदान गरेको बाग्लुङका अमृत केसीले फोनिज कोरियालाई जानकारी दिए |