Advertisement
SKIP THIS

सामाजिक संजालमा राजनैतिक कुरा


लोकतन्त्रमा लोकको भावना अनुसार शासन गरिन्छ । जनताको भावना निर्वाचनको माध्यमबाट प्रकट गरिन्छ । जनता आफै शासन गर्दैनन् । आफ्नो भावना अनुसारको प्रतिनिधि छान्छन् ।
कानुन र कार्यबिधिले निश्चित गरेको दायरामा रहेर निर्वाचित प्रतिनिधिले जनताको अधिकारको प्रयोग गर्दछन । यसरि निर्वाचित जन प्रतिनिधीबाट जनभावना अनुसार काम गर्नु पर्ने नैतिक र संबैधानिक बाध्यता हुन्छ । राज्य सञ्चालनको संदर्भमा संबिधान अनुसार भए नभएको कुरा संबैधानिक ब्यबस्थानुसार न्यायपालिका अर्थात अदालतले गर्छ ।
जनभावना अनुकुल राज्य सञ्चालन भएन र आफुले दिएको अधिकारको समुचित प्रयोग भयो वा भएन भनेर मूल्याङ्कन गर्ने काम जनताले निर्वाचन मार्फत गर्छन् । जनप्रतिनिधिले जन भावाना विपरित नहोस भनेर जनप्रतिनिधीहरु सधै चनाखो हुन्छन् । उनीहरु पुन जनतामा जान पर्ने कारण यसो भएको हो ।
सूचना प्रविधिको सर्वसुलभताको कारणले गर्दा आजको समय उल्लेखित तरिकाले जनमत बुझ्ने कुरालाइ औपचारिकतामा सिमित गरिदिएको छ । हुन त सामाजिक सञ्जालमा तथा सञ्चार माध्यममा ब्यक्त हुने मतहरु इस्यु बेस हुन्छन । यसले समग्रतामा सरकारको पर्फमेन्समा मत निर्माण चाँहि गरेको हुँदैन । सरकारको हरेक गतिबिधिमा जनताको प्रतिक्रिया प्राप्त हुने हुँदा यो स्वयं सरकारको लागि पनि अत्यन्तै सकारात्मक बिषय पनि हो ।
लोकतान्त्रिक ब्यबस्थाको सौन्दर्य भनेको प्रतिपक्ष पार्टीको कुरा पनि सुन्छ । सुन्न पर्छ । सत्ताधारिहरुले देश र जनताको हित विपरित काम गरेमा प्रतिपक्षले त्यसमा पनि खबरदारि गर्छन् । सरकारलाई सहि बाटोमा ल्याउन मद्दत गर्छन् । प्रतिपक्षको निरन्तर खवरदारिबाट पनि सत्ताधारिहरुले आफ्ना गल्ति कमजोरिहरु सुधार गरेनन भने प्रतिपक्षलाई आगामी चुनावको एजेण्डा निर्माण गरेर निर्वाचनमा जान र सत्ता हासिल गर्न सहज बन्छ । यसरि हेर्दा सरकारलाई जनचाहाना अनुसार आफ्नो गतिबिधीहरु भइरहेको छ छैन भन्ने कुराको जानकारि सामाजिक सञ्जाल वा सञ्चार माध्यमबाट भए जस्तै प्रतिपक्षलाइ पनि जनभावानानुसार सरकारको गतिबिधिमा प्रश्न उठाउन धेरै ठूलो मद्दत पुग्दछ ।
अब यसरि हेर्दा सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको सहि प्रयोग हुन सके जनता, सरकार र प्रतिपक्ष सबैलाई अत्यन्त उपयोगि माध्यम बन्न सक्दछ भन्ने कुरामा दुईमत हुने कुरै भएन ।
बिशेष गरेर नेपालको सन्दर्भमा ठूला मिडिया हाउसहरुले समाचार संप्रेषणमा तथस्टता अपनाएको भने पाइदैन । बिशेषत सकारात्मक समाचार संदर्भहरु प्राथमिकतामा पर्दैनन । यस्ता मिडिया हाउसहरु निश्चित आग्रह प्रेरित भइ सरकार सञ्चालनमा रहेको दल र पात्र अनुसार समाचारका हेडलाइनहरु प्रस्तुत गर्ने गर्छन । यसले गर्दा कतिपय अवस्थामा जन सामान्यमा भ्रम उत्पन्न हुने गर्दछ । लामो समयको संक्रमण र संक्रमणबाट जरजर बनेको देशको अबस्था, देशमा बिद्यमान बेरोजगारिले देशको ठूलो युवा विदेशका छन् ।
देशमै रहेकाले अभाव, भ्रष्टाचार र पारिवारिक बिछोडको फ्रस्टेसन एकातिर छ भने अर्को तिर रोजगारिको शिलशिलामा देश बाहिर रहेको पचासौं लाख जनसख्यामा पनि फ्रस्ट्रेसन हुने नै भयो । यो दृष्टिकोणबाट हेर्ने हो भने नेपालका जनता अहिले निराशामा छन् ।
सरकारकाको सकारात्मक र नकारात्मक प्रभाब स्वभाविक रुपमा हुने गर्दछ । यो निरप्रेक्ष हुने कुरै भएन । सरकारमा रहेको दलले कस्तो बर्गको प्रतिनिधित्व गर्छ ? कम वा बढि उसका नीति कार्यक्रमहरुमा प्रतिबिम्बित हुन्छ नै । आफुले चुनेर पठाएको जन प्रतिनीधिले हाम्रो समस्यामा काम गरेको छ कि छैन भन्ने कुरा आम जनताको मुख्य सरोकारको बिषय हुन्छ । यी बिषयहरु सरकारको प्राथमितामा पर्यो परेन जन सरोकार त्यसैमा हुन्छ । जनसरोकारको बिषयमा काम गर्दै वा काम हुने सुनिश्चितता नभएको संदर्भमा राष्ट्रको लागि महत्वपुर्ण तथा जन सरोकार कम रहेको बिषय प्रथमिताको साथ सार्वजनिक रुपमा देखा पर्दा फ्रस्ट्रेसनको पारो त बढ्नै भयो । फ्रस्टेसनमा रहेको ब्यक्तिको मनोदशा अनुसारको अभिब्यक्ति सामाजिक सञ्जालमा देखिने स्वभाविक पनि हो ।
हाल केहि समय अधि देखि सामाजिक सञ्जालमा तिब्र असन्तुष्टिको रुपमा आइरहेको बिषयहरु पनि यिनै परिप्रेक्षबाट अभिप्रेरित छन । समाजिक सञ्जालमा आएका कतिपय बिषय अत्यन्त जायज र न्याय संगत छन भने कतिपय बिषय आग्रह प्रेरित दुष्प्रचार पनि छन । सामाजिक सञ्जालमा धेरै उठेको बिषय कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछिको हत्याको हो । जुन सामाजिक सञ्जालमा जोडदार उठ्नु पर्ने बिषय हो उठेको पनि हो तर दुर्भाग्यबस आजको मितिसम्म खासै कुनै प्रगती भएको छैन ।
आजभोली जोडतोडका साथ सामाजिक सञ्जाल मार्फत दिनमा जोडतोडका साथ उठेको अर्को बिषय हो राजदुत नियुक्तिको सिफारिसको सरकारि निर्णय । जुन कुरा आग्रह प्रेरित दुष्प्रचार थियो जुन धेरै दिन टिकेन । त्यसको खास अर्थ पनि रहेन । अब अहिले राष्ट्रपति उपराष्ट्रपति कार्यलयको निर्माणको लागि स्थानान्तरण गरिएका अन्य कार्यालयहरु र राष्ट्रपति कार्यलयलाइ उपलब्ध गराउन खोजिएको सवारि साधनको बिषयमा सामाजिक सञ्जालमा धेरै चर्चा परिचर्चा भएको बिषय हो । यसमा सकारात्मक र नकारात्मक दुबै कोणबाट टिका टिप्पणी भएको भएता पनि नकारात्मक टिप्पणि नै बेसि भएको पाइएको छ ।
कुनै पनि देशको नागरिकलाइ आफ्नो देशको राष्ट्रपतिको कार्यालय सुबिधा सम्पन्न भएको, अरु देशको राष्ट्र प्रमुख हाम्रो देशमा आँउदा बिशिष्ट पाहुनालाइ सुबिधा सम्पन्न ठाँउमा स्वागत गर्न पाउने राम्रै हो । तर घाँटी हेरेर हाड निल्दा राम्रो हो कि ?

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...