कोरियामा नेपाली नेताहरुको लस्कर खासमा के सिकेर देश फर्कन्छन् ?


तत्कालिन अबस्थामा जापानको चरम उपनिबेशमा रहेको कोरियाले छोटो समयमा यति चमत्कारिक रुपमा बिकास गर्ला भनेर कमै मुलुकहरुले आकलन गरेका थिए । कोरिया संसारको यस्तो देश मध्ये एक हो जुन देशको एउटै पुस्ताले भयाबह युद्द ,चरम गरिबी र पछिल्लो बिकाशको उच्चतम रुपलाई एकैपटक स्पर्श गर्ने सौभाग्य पायो ।

जापानी उपनिबेशबाट कोरिया स्वतन्त्र हुँदै गर्दा कोरियामा युद्दका डोब, टुहुरा जनता ,जापानी सैनिकले जबर्जस्ति करणी गरेका बिक्षिप्त बलात्कृत महिला र अथाह भोकमरी बाहेक केहि थिएन भनेर आजका प्रौढ नागरिकहरु दन्त्यकथा जस्ता लाग्ने कुराहरु सुनाउने गर्दछन् । मुलुक स्वतन्त्र भए पश्चात् यी याबत पिडाहरुलाइ चिर्न यहाको सरकार ,राजनैतिक नेतृत्व र स्वयम् जनता एक ढिक्का भएर लागि परे । जसमध्ये आजको कोरिया बनाउन सैनिक नेतृत्व पृष्ठभुमिबाट आएका पार्क जङ हीको योगदान अतुलनिय रहेको पाइन्छ । हुनत पार्क जङ हीले सत्ता कब्जा गरेर देशको नेतृत्व आफ्नो हातमा लिएका थिए । तर उनको शासन अन्त्यसम्म कोरिया र कोरियाली जनताको लागि स्वर्णिम युग साबित भयो ।

शासक पार्कले आफू र आफ्नो क्याबिनेट सदस्यहरुलाइ पुर्ण रुपमा देश र जनताप्रती बफादार हुन कडा नियम बनाउदै आर्थिक समृद्धि प्रति केन्द्रित हुन आदेश दिए । उनले कति सम्म गरे भने कुनै पनि सरकारी कर्मचारी या क्याबिनेट सदस्य बिदेश भ्रमण जादा त्यहाबाट अनिबार्य रुपमा केहि सिकेर आउनु पर्ने नियम बनाए र उक्त नियमको पालना आफैबाट शुरु गरे । त्यही नियम अनुसार पार्क जङ हीले तीन वटा देशको यात्रा गरेर बटुलेको अनुभबका आधारमा सौल बुसान जोड्ने ४१६ किलोमिटर लामो ख्यङ्बुक राजमार्ग दुई बर्षमै निर्माण पूरा गरेर एउटा नजिर स्थापना गरे ।

यो राजमार्ग कोरियाको बिकाशको लागि कोशेढुङ्गा साबित भएको मानिन्छ । पार्कले लगातार १८ बर्ष शासन गर्दा कोरियाली नागरिकको ७२ डलर प्रतिब्यक्ती आम्दानिलाइ १७ सय ६८ डलरमा पुर्याइदिए ।आजका ठुला उद्योग र स्थापित कलकारखानाहरु उनकै शासन समयका अबधारणाहरु हुन् भनेर भनिन्छ । अब आफ्नै बिषय बस्तु तिर लागौ ।

खासमा नेपाली नेता के सिकेर देश फर्कन्छन ?

गत साल काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्य स्मार्ट सिटिको बारेमा अध्यन गर्न दलबल सहित कोरिया आए । उनको त्यो अध्ययनले कति प्रगती गर्यो सबै नेपाली जानकार नै छन् । उनी मात्र हैन कोरिया नेपाली नेताहरुको भ्रमणका लागि उर्बर भुमी नै मानिन्छ । यहाँ प्रत्येक महिना कुनै न कुनै राजनैतिक दलका नेताहरुले भ्रमण गरिरहेका हुन्छन् । यस्तो लाग्छ नेपाली नेताहरुको चरण पाउले कोरिया भुमी छुन पाएन भने यहाँ अनिष्ट नै हुने वाला छ । सरकारी तहबाट हुने भ्रमण होस या राजनैतिक भ्रमण नै किन नहुन उपलब्धी भने शून्य नै रहन्छ । बिदेश आयो एउटा रेस्टुरेन्ट भित्र पस्यो, आधा दर्जन जति केहि फुर्सदिला मान्छेहरूलाइ जम्मा गर्यो, दुई चार वटा खादा लगायो, फोटा खिच्यो,फेरि केही फुर्सदिला मान्छे जम्मा पार्यो यसो समुन्द्रको छेउछाउ लग्यो फोटा खिचायो ,साझ परे पछि एक दुई बोतल दारु खुवायो भ्रमण सकियो । उपलब्धी तथास्तु ।

हुनत लोकतन्त्र प्राप्ती पछिका दिनहरुलाइ हेर्ने हो भने नेताहरुको लागि कोरिया मात्र हैन बिश्व भ्रमण नै पहिलो प्रथामिकतामा पर्छ ।अझ स्थानिय निकायहरुको संरचना पश्चात् त यसले असङ्ख्य रुपमा गति बढाएको छ । प्रत्येक कर्मचारी र नेताहरुको पहिलो प्रथामिकता नै बिदेश भ्रमण हुने गरेको छ ।

देश गरिब छ ,सिमित साधन श्रोत छन् ,समृद्धिको लागि आर्थिक संक्रमणकालिन अबस्थालाइ पार गर्नु पर्ने छ ,संघीयताले खर्चको चुचुरो चुमेको छ ,जनताको हालत जस्ताको तस्तै छ, दुई तिहाइको आश लाग्लो सरकार छ तर मितब्ययिता भन्ने हेक्का खै ? जताततै सार्बजनिक रुपमा प्रश्न चिन्हहरु खडा भएका छन् ।

प्रबाशबाट हाम्रो भुमिका के ?

फेरी कोरियाकै इतिहासलाई दोहोर्याउ । हामीले कोरियालाइ ६ दशक अगाडि सहयोग गरेको कुरा बारम्बार रटान लगाउछौ ।त्यो सहयोगको कथन सुन्दा या अखबारका पानाहरुमा पढ्दा गर्बले छाती फुल्छ । तर ६ दशक पछि हामी छाती फुलाउदै स्वचालित मेसिनहरु सग त्यही देशमा मज्जाले मजदुरी गर्छौ ।

हाम्रो परिस्थिति यस्तो बन्यो कि हामीले सहयोग गरेको देशमा मजदुरी गर्न जान लाखौको लर्कोले सपना बुन्न पर्यो ,गन्तव्य बनाउन पर्यो । त्यही मध्य आज पचासौ हजारले आफ्ना थोरै भएपनि सपना पूरा गर्ने जमर्को गरेका छन् तर धेरैका सपना ऐठन बन्दै छन् जो कोरियालाई गन्तव्य मानेर बसेका छन् ।

जो जति कोरियामा छौ यो पंक्तिकारलाई लाग्छ सबै जना बिश्वविद्यालय कै विद्यार्थी छौ जस्तो लाग्छ । परिवर्तनका हरेक मोडहरुमा अग्रपंक्तिमा उभिने यो जमात बिदेशिनु पर्दाको पिडामा राज्य किन गैरजिम्मेवार बन्छ ? उर्जाशिल समय बिदेशमा बसेर राज्यलाइ रेमिटेन्स पठाउने युबाहरुको पसिनालाइ सम्बन्धित निकायले किन नजरअन्दाज गर्दै फजुल खर्चमा नेता र कर्मचारीलाई संसार घुमाउछ ? मितब्ययिता र जिम्मेवारी सगै पार्दर्शिता खै ?

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...