Advertisement
SKIP THIS

कोरियाको सर्बोच्च अदालतद्वारा प्रवासी मजदूर युनियन (एमटियु) को पक्षमा फैसला


फोनिज कोरिया संवाददाता

सोल-दक्षिण कोरियाको सर्बोच्च अदालतले मजदूर युनियन (एमटीयु) लाई बैधानिकता प्रदान गर्नुपर्ने पक्षमा फैसला गरेको छ | बिहिबार सर्बोच्च्का १३ न्यायधिसहरुको संयुक्त इजालासले सो सम्बन्धी फैसला गरेको हो | फैसला अनुसार युनियनले अब सरकारी मान्यता पाउने भएको छ |

 

यो फैसलासंगै कोरियामा रहेका प्रवासी मजदूरहरुले बर्गीय संगठन खोल्ने र त्यसको गतिबिधिमा संलग्न हुन पाउने भएका छन् | कोरियामा प्रवासी मजदूर इतिहासमा यस्तो स्वतन्त्रता प्रदान गरिएको पहिलो पटक हो |

 

सन् २००५ को अप्रिल २५ मा स्थापना गरिएको युनियनले सरकारी मान्यता प्राप्त गर्न एक दशकसम्म अनवरत संघर्ष गर्यो | स्थापना लगतै यहाको श्रम तथा रोजगार मन्त्रालयमा दर्ता गर्न आवेदन दिइएको थियो तर सरकारले २००६ जुन ३ मा दर्ता आवेदन प्रकृया रद्द गरेको घोषणा गर्यो |

 

श्रम मन्त्रालयले सरकारी मान्यता नदिने निर्णय गरेपछि एमटीयुले अदालतको सहारा लियो | उसले २००५ को जुन २० मा सोल जिल्ला अदालतमा मन्त्रालयको उक्त निर्णय खारेज गरि पाउँ भनि मुद्दा दायर गर्यो | सो मुद्दामा करिब १ बर्षसम्म बहस भयो | अन्तत अदालतले २००६ फेब्रुवरी ७ मा ‘एमटियुका अधिकांश सदस्यहरु भिसा नभएका कारण जनाउदै मजदूर संगठन खोल्न नपाउने’भन्दै फैसला गर्यो |

 

जिल्ला अदालतको फैसलाले एमटीयुका संस्थापकहरु अलिकति पनि बिचलित भएनन् र २००६ को फेब्रुवरी २२ मै मन्त्रालयको दर्ता रद्द प्रकृयालाई खारेज गरिपाउँ भन्दै सोल पुनरावेदन अदालतमा मुद्दा दर्ता गरे | उक्त अदालतले २००७ फेब्रुवरी ९ मा ‘श्रम मन्त्रालयले दर्ता रद्द गरेको निर्णय कानुन बिपरित रहेको फैसला गर्यो | सो फैसलामा ‘भिसा हुने नहुने सबै खालका मजदूरले संगठन खोल्न पाउने’ उल्लेख थियो |

 

एमटियुको बैधानिकता र प्रवासी मजदूरका नैसर्गीक अधिकार माग गर्दै एमटियु पदाधिकारीहरु |

एमटियुको बैधानिकता र प्रवासी मजदूरका नैसर्गीक अधिकार माग गर्दै एमटियु पदाधिकारीहरु |

 

पुनरावेदन अदालतको उक्त फैसला बिरुद्ध श्रम मन्त्रालयले २००७ को फेब्रुवरी २३ मा सर्बोच्च अदालतमा रीट दायर गर्यो | सो रीट ८ बर्ष ४ महिना सम्म पेन्डीङमा रहेको थियो | यहि मुद्दालाई आज कोरियाको कानुनी ईतिहासमा यति लामो समय सम्म पेन्डीङमा रहेको यो पहिलो मुद्दा हो |

 

कोरियाको सर्बोच्च अदालतले सोल पुनराबेदन अदालतले गरेको फैसलालाई सदर गरेको हो | यो फैसला संगै कोरियामा रहेका १० लाख प्रवासी मजदूरले बर्गीय संगठन खोल्न र संगठनको गतिबिधि गर्न पाउने भएका छन |

 

सर्बोच्च अदालतको फैसला स्वागत योग्य भएको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले बताए | लामो संघर्षपछि एमटियुको पक्षमा भएको फैसलाले अझ मजदूरको हक हितमा काम गर्ने हौसला मिलेको जनाए | ‘मजदूरको नैसर्गिक अधिकार प्राप्त भएको छ |’ राईले भने ‘ यसको प्रेरणा यहाँ कार्यरत सबै प्रवासी मजदूरलाई जान्छ |’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...