कोरियामा निशुल्क भनिने लाइन फोन आतंक, नेपालीबाटै नेपाली ठगिएको गुनासो


 

हातमा मोबाइल चलाउदा चलाउदै तपाइको फेसबुकमा कुनै सुन्दर युबतिको आइडिबाट पिलिक्क फ्रेन्ड रिक्वेस्ट आउछ । सामाजिक सन्जालमा मित्रता गास्न अनुरोध पठाउने प्रायलाई अस्वीकार गरिदैन ।स्विकार नै गरिन्छ । अथवा कुनै कम्पनी या ग्याजेटको नाम राखेर पनि तपाइलाइ फ्रेन्ड रिक्वेस्ट आउन सक्छ । तपाइलाइ अनुरोध पठाउने ब्यक्ती या कम्पनीका फेसबुक सर्च गर्नु भने भित्ताभरी मुल्य र स्किम सहित राखिएका मोबाइल , ल्यापटप, ब्लुटुथ जस्ता सामानका फोटाले फेसबुक भरिएका हुन्छन् । मित्रता बने पछि उक्त आइडीहरु मार्फत केही दिन पश्चात् तपाइलाइ म्यासेज आउन सक्छ । तपाइले कुरा गर्न शुरु गर्नु हुन्छ । कुरा गर्दै जादा तपाइले सम्बन्धित ब्यक्तिबाट निशुल्क मोबाइल प्राप्त गर्ने कुरा पाउनुहुन्छ । निशुल्क मोबाइल मात्र हैन त्यसमा अन्य केहि उपहारहरु पनि हुन सक्छ ।उपहारको बारेमा सुन्दा यस्तो लाग्छ पाडो किन्दा भैंसी उपहार पाइदै छ ।

कोरियामा पछिल्लो समय यस्तै गरेर विभिन्न कम्पनीका लाइन फोनहरुको बिक्रीले आतंक मच्चाउदै आएको छ । लाइन फोन बिक्रि गर्ने कम्पनिका कर्मचारी प्राय नेपाली नै हुने गर्दछन । माथी भनिए जस्तै गरेर उनिहरुले अन्य नेपालीहरुलाई फोन किन्न उत्प्रेरित गराइरहेका हुन्छन् ।

लाइन फोनको बिक्रि कसरी हुन्छ ?

केहि समय पहिले कोरियामा लाइन फोन लिन कम्पनिको स्वीकृति लिनु पर्ने ब्यबस्था थियो ।यो ब्यबस्थालाइ अहिले खुकुलो पारिएको छ ।जसका कारण च्याउ जस्तै कम्पनीका लाइन फोनमा धेरै बिदेशि कामदारहरुको पहुच पुगेको छ । त्यस्ता कम्पनिहरुले प्रायः बिद्यार्थी भिसा भएका अथबा अतिरिक्त समय काम गर्ने कामदारहरुलाइ निस्चित कमिसन दिएर कर्मचारीको रुपमा फोन बिक्री गराउने गरी राखिएको हुन्छ ।तिनै कामदारहरुले केही कुरा थपथाप गरि मोबाइल बिक्री गरिरहेका हुन्छन् । तपाइले पसलमा मोबाइल किन्दा पहिल्यै नगद भुक्तानी गरेर मात्र किन्नु पर्ने झन्झट यहाँ रहदैन । यहाँ त अझ किस्तामा नै पाइन्छ । त्यो पनि आफुले चलाएको बिल अनुसार मात्र भुक्तानी गर्ने ।तपाइले आफ्नो अनुमती र परिचय पत्रको फोटो पठाएको केही दिनमै मोबाइल तपाइको हातमा पर्छ ।

कसरी ठगिन्छ त ?

यसमा कम्पनिले प्राय सस्तो मोबाइलहरु दिने गर्दछ्न । जसको बजार मुल्य अत्यन्तै कम हुन्छ । मोबाइल किने पछि लाइन सिम अनिबार्य लिनै पर्छ ।अब यहि हो ढाड भाचिने ।तपाइले सिमको न्युनतम मासिक दस्तुर ४० हजार वनको हाराहारीमा बुझाउनु पर्ने भनिन्छ ।साथै यो २ बर्ष सम्म नियमित चलाउनु पर्ने सर्त हुन्छ ।यदि तपाइले केही महिना चलाएर लाइन काट्न चाहनु हुन्छ भने तपाइले निकै महँगो मूल्य बुझाउनु पर्ने हुन्छ ।अब हिसाब गर्नुस एउटा सामान्य मोबाइललाइ मासिक ४० हजारको दरले २ बर्ष सम्म बुझाउदा मोबाइलको मूल्य कति पर्न जान्छ ? यो हिसाब गरेर तपाइले बिचमै लाइन काट्न मन गर्नु भयो भने झनै महँगोमा पर्नु हुन्छ ।यसको लागि अनेकन पेनाल्टी तिर्नु पर्छ ।

निशुल्क भनिएको सस्तो मोबाइल यहाँ निकै गुणा महङ्गो बनेर आउँछ ।कसै कसैको त लाइन काटेको ३/४ महिना सम्म पनि पैसा तिर्नु परेको गुनासो आएको छ ।यहा बेच्ने र कन्भिन्स गर्ने मान्छेको पनि केही दोष देखिन्छ ।हुन त किन्ने मान्छे त मुख्य दोषी भैहाल्यो ।

भबिश्यमा कानुनी समस्या भए भागिदार को ?

केही दिन पहिले एक जना नेपालीको आइडी कार्डको दुरुपयोग भएको भन्ने कुरा सामाजिक संजाल भरी आएको थियो ।यसै गरि विभिन्न ठाउमा आफ्नो आइडी कार्ड दिदा कुनै दिन दुरुपयोग हुने सम्भबना पनि उत्तिकै रहन्छ ।यसबाट सम्बन्धित ब्यक्ती आफै चनाखो हुनु पर्ने देखिन्छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...