Advertisement
SKIP THIS

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा जीतन भाई श्रीस मगर


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको प्रथम अधिबेशन सम्पन्न भएको छ ।  कोरिया शाखाको एेतिहासिक प्रथम अधिबेशन गत सेप्टेम्बर २३ तारिख छुसकको पहिलो दिन राजधानीको सउलमा भब्यताको साथ सम्पन्न भएको थियो।

केन्द्रीय उपाध्यक्ष,बिदेश बिभाग प्रमुख बरिष्ठ सर्जक रमेश बि.जी को प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनबाट जीतन भाई श्रीस मगर अध्यक्ष पदमा सर्बसम्मत चयन हुनु भएको छ। त्यसै गरी उपाध्यक्षमा सुरज के.सी,रमिला गौतम सचिबमा आर.के पौडेल सह-सचिबमा गंगा लोहनी कोषाध्यक्षमा एस.बी राना मगर र सह-कोषाध्यक्षमा बिष्णु पाण्डे चयन हुनु भएको छ।

सदस्यहरूमा क्रमश कर्सागं तामांग,ललित गिरी,खिम छन्त्याल, लोकेंद्र चन्द,राज खाम्चा मगर,धनु गुरूगं,शान्ति गुरूगं,रेबिका लामिछाने,बिज्ञान अर्याल,राजु नेपाल,बिष्णु रिजाल मनोज चापागाई,मुनाराज सुनुवार र जनक पन्त गरी २१ जनाको कार्य समिति र ४ जना सदस्यहरू कार्य समितिले मनोनयन गर्ने गरी गठन गरिएको निर्वाचन समितिका संयोजक रामकृष्ण बम मल्लले जानकारी दिनु भएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखा सल्लाहकार लोक प्रिय गायक संगीतकार रामकृष्ण बम मल्ल जापान शाखाकै सल्लाहकार ईश्वरी कडेलको बिशिष्ट आतिथ्यतामा सम्पन्न अधिबेशनमा कोरियाका बिभिन्न सांगितिक कार्यक्रमहरूमा आउनु भएका नेपालका लोक प्रिय चर्चित गायक गायिकाहरू रामजी खॉड,शिब हमाल,राजन गुरुंग,प्रीति आले लगायत अन्य थुप्रै कलाकारहरूको उपस्थितिले अधिबेशन भब्य र थप अर्थ पुर्ण बनेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेश बि.जी ले पछिल्लो समयमा नेपाली लोक संस्कृतिमा मौलिकपन घट्दै र हराउदै गएको बेला प्रवासमा रहेर पनि लोक संस्कृतिको संरक्षण र सम्बद्धनमा लागिरहनु हुने सम्पूर्ण कोरियाबासी कलाकार साथै कला प्रेमीहरूमा हार्दिक धन्यबाद दिदै लोक संस्कृतिको रक्षार्थको लागि भर्खर बन्दै गरेको नया कार्यसमितिलाई सफलताको शुभकामना दिनु भएको थियो। आजैको दिन देखी केन्द्रीय कार्य समितिले गर्न पर्ने कुनै पनि साथ र सहयोगमा कमी नआउने प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको थियो। जीतन भाई श्रीस मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम चर्चित लोक प्रिय गायक,सर्जक सि.पी मगरको संचालन रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...