कोरिया टेकेको एक हप्तामै नेपाल फर्कनु पर्दा …!


कथा…
पाँच बर्षे पहिलो कार्यकाल सकेर दोश्रो कार्यकालका लागि कोरिया प्रबेश गरेको जम्मा जम्मी एक हप्ता नबित्दै खै किन हो तत्काल नेपाल फर्कनु पर्ने भयो । कारण म आफैलाइ थाहा छैन ।जे भएपनि नेपाल जाने निधो गरिएछ । पछिल्लो पटक तीन महिना भन्दा बढी नेपालमा बिताइयो ।एकहप्ता अगाडि मात्र कोरिया टेकेको छु । बसुन्जेल दिक्क लागे पनि हिड्ने बेलामा घर परिवार र छोराछोरीको माया जत्ति लाग्थ्यो नेपालको माया पनि त्यतिनै लागेर यो मन भक्कानियो ।त्यो मायाको तिर्सना फेरि पूरा हुने भएछ ।अर्थात् नेपाल जाँदै रहेछु ।कारण म आफैलाइ थाहा छैन । सउल तिर एकजना ट्राभल एजेन्सी खोलेर बस्नुभएको भाउजू हुनुहुन्छ ।यो सहित पाचौ पटक भयो ।प्रत्येक पटक नेपाल-कोरिया आवतजावत गर्दा उहाँ सग नै प्लेन टिकट काट्ने गरेको छु ।आखिर प्लेन टिकट त चाहियो नै ।यो पटक पनि उहालाइ नै टिकट काट्नको लागि गुहारियो ।प्राय फोन गर्दा सन्चो बिसन्चो सोधेर आफ्नो औपचारिकता पूरा गर्ने भाउजु यो पटक अलिक फरक भइन् ।
‘भाउजू भोलि इमर्जेन्सी घर जानू पर्ने भो टिकट कुन को छ होला’, निरीह भएर प्रश्न गरे ।एक हप्तामै घर जानू छ जोश पनि कसरी जागोस र ! भाउजूले नेपाल एअरलाइन्सको टिकट अबको तीन महिनासम्मको लागि बुक भैसकेको जनाउदै अन्य लुम्बिनी ,मुक्तिनाथ र माछापुच्छ्रे एअरलाइन्स पनि एक हप्तालाइ प्याक भएको बताइन ।अब सगरमाथा एअरलाइन्सको मात्र केही सिट बाकी छ भनेर फटाफट भनिन् । अरे ! यार म कहा छु ।तीन महिना अघि चाइना एअरको सस्तो टिकट छानेर नेपाल गएको र एक हप्ता अगाडि थाइ एअरमा चढेर कोरिया आएको मान्छे एक हप्ता पछि दुनिया एअरलाइन्सको कुरा कसरी आउदै छ ह ! अलिक अकमक्किदै सोधे- ‘हैन भाउजू सिरियस्ली भनेको हो ।अलिक इमर्जेन्सी भयो नेपाल जान लागेको ।’ ‘मैले पनि सिरियस्ली भनेको छु बाबू ।तपाईं जाने नजाने ?’ भाउजू अलिक रुखो बनिन् । आफुलाइ नेपाल जानू छ अब धेरै बिबाद किन नै गर्नु पर्यो र ।हुन्छ भाउजु जुन को छ त्यसैको टिकट दिनुस भने ।
भाउजुले फेरि सोधिन – ‘बाबू साच्ची तपाइको घर कहाँ रे ?’ मैले रामेछाप हो भाउजू भने । त्यसो भए तपाइलाइ ‘सहिद गङगालाल श्रेष्ठ अन्तर्राष्ट्रिय बिमानास्थल रामेछाप’ सम्मको लागि बिजनेस क्लासको टिकट बुक गरिदिए है भाउजू ले भनिन । ए भगवान् ! म आज अतै कमेडी सर्कस मा त छैन । रिस उठ्यो ।भाउजू के मजाक गर्दै हुनुहुन्छ तपाइ ? अलिक झर्किए। भाउजुले फटाफट १० वटा अन्तर्राष्ट्रिय बिमानास्थलको नाम लिदै कुनमा जाने छिटो निधो दिनुस म सग धेरै समय छैन भनिन् ।मलाइ पनि रिस उठ्यो – ]भो मलाइ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानास्थल सम्म कै टिकट इमेल गर्दिनुस र तपाइको खातानम्बर पनि दिनुस रकम डिपोजिट गरिदिउला ।’
बडो अचम्म लागेर सोच्दा सोच्दै प्लेन टिकट अट्याच भएको इमेल आधा मिनेटमै आयो । नाम, थर ,पासपोर्ट नम्बर, ठेगाना सबै चेक गरे ।सबै ठिक छ ।पैसा डिपोजिट गरेर भाउजू लाई धन्यवाद भने । अनेकन कौतुहलता जगाउदै कार्यस्थलबाट कोरियाको इन्छ्न अन्तर्राष्ट्रिय बिमानास्थल सम्म पुगे ।सबै चेकजाँच गरेर भित्र पसे । नभन्दै ग्राउण्डमा ‘सगरमाथा एअरलाइन्स’ लेखेको सगरमाथाको तस्बिर सहितको प्लेन देखियो ।प्रबासी भुमिमा सगरमाथाको चित्र सहित बडेमानको वाइड बडी प्लेन देख्दा गर्बले छाति फुल्यो ।अनि कम्पनिको एउटा कोरियन सम्झदै देखिस भने ।किनकी गत हप्ता थाइ एअर चढेर आउदा तेरो देशमा प्लेन छैन हो भनेर सोधेको इख मनमा बडो नमज्जाले बसेको थियो ।
प्लेन चढ्ने समय भयो ।सबै प्यासेन्जरहरु प्लेन भित्र पस्न लागे ।म पनि भित्र पसेर आफ्नो सिटमा बसे ।एअरहोस्टेजहरु मधुर आवाज सहित नमस्कार गर्दै प्यासेन्जरलाई स्वागत गरिरहेका थिए ।प्लेन चढ्दा पनि सगरमाथा नै चढे जस्तो खुशी भयो मन । एअरपोर्टको रन वे छाडेर प्लेनले आफ्नो गति लिदै गयो ।छेवैको सिटमा एकजना सुदुर पश्चिम् तिरका यात्रु रहेछन् ।परिचय गरे । दाजु साइनो लगाए । ‘अहिले नेपाल सरकारले सबै जनतालाइ एक महिनाको लागि बिदेश घुम्न छुट्टी दिया हुन् । हम्रा परिवारको अरु सबै सदस्यहरु युरोप तिर घुम्न गया हुन् हम एक महिनाको लागि कोरिया घुम्न आया हुन् ।अहिले सरकारले बर्षमा एकमहिना घुमफिर गर्न बिदा दिने चलन थप्या छन् ।तपाईं पनि घुम्न आया हुन् र ? ‘ भनेर बडो मिठास पुर्ण सुदुर पश्चिमेलि लवजमा दाजुले भने ।
आफू मजदुरी गर्ने मान्छे यार !टिकट बेच्ने ट्राभलकी भाउजुदेखि यी सुदुर पश्चिम्का दाजुका कुरा सुन्दा झन् झन् छक्क पर्दै गए ।यहि भएर सबै एअरलाइन्सहरु प्याक भएका रहेछन् भन्ने पनि मनमनै सम्झे । उनै सग विभिन्न ब्यक्तिगत कुरा गर्दा गर्दै उडान यात्रा आधाउधि भैसकेछ ।उनले सुनाएका कुरा मेरा लागि सपना जस्तै थिए ।केही पत्याए केही नपत्याइ हो मा हो जनाउदै टाउको हल्लाउँदै बसे ।तर दाजुले कुरा अजिबका सुनाउदै छन् ।पत्याउने प्रमाण ट्राभल एजेन्सिकी टिकट काट्ने भाउजू र यहि सगै बसेको दाजु मात्र छन् । त्यतिकैमा पछाडिको सिटबाट एकजना बिदेशिले अफ्ट्यारो गरेर नेपाली बोल्ने प्रयास गर्यो ।मैले नेपाली बोल्न आउँछ कहाँबाट आउनु भयो भनेर एकैपटक सोधे ।उसले जापानबाट आएको कोरियाको ट्रान्जिट हुँदै नेपालमा काम गर्न हिडेको हो ।बर्दिया तिर कृषिमा काम गर्छु नेपाली भाषा अलिअली सिकेको छु ।नेपाल जस्तो अतिबिकशित देशमा काम गर्न पाउँदा धेरै खुशी लागेको छ ।उसले पनि एकैपटक थपेर समेत उत्तर दियो ।हैट ! अब म आम्शिक रुपमा भए पनि पत्याउनै पर्ने हुँदै गयो ।
यिनै छेउका यात्रुहरु सग गफ गर्दा गर्दै मेरो सिट अगाडिको सिटको सानो खल्तिमा आँखा गयो ।त्यो खल्तिमा केही म्यागेजिन पत्रीकाहरु थिए ।प्राय प्लेनमा यात्रुहरुलाइ अल्मल्याउन केही रंगीचंगी पत्रीकाहरु राखिएका हुन्छन् ।मैले पनि त्यस्तै सम्झेर एउटा झिकेर हेर्न थाले । म्याग्जिनको बाहिरी कभर पृष्ठमा एउटा ठूलो टावर जस्तो राखिएको थियो ।अनि त्यसमा शिर्षक लेखिएको थियो -‘नगरकोटको डाडाबाट मंगलग्रहमा यान पठाउने अन्तिम तयारी अबस्थामा ‘ यो शिर्षक देख्ने बित्तिकै म तीन छक परे । मैले बलिया प्रमाणहरु भेट्दै गए । अरे यार म कोरियामा किन मजदुर बन्दै छु ।देश त यस्तो भैसकेछ ।मनमनै प्रिय नेताहरुलाइ धन्यवाद दिदै उक्त म्याग्जिनका पानाहरु पल्टाउदै गए । अर्को पाना पल्टाए ।यसको शिर्षक ले झनै खुशी तुल्यायो ।शिर्षकमा लेखिएको थियो ‘निर्मला पन्तका बलत्कारीलाइ ‘प्रचण्ड टावर’ मार्फत खसालेर मृत्युदण्ड दिइयो ।यो शिर्षक देख्नेबित्तिकै मेरा खुशीका आँसु झरे ।केही दिन अघिमात्र अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले मृत्युदण्ड दिने छैन भनेर हस्ताक्षर गरिएको कारण मृत्युदण्ड को कानुन असम्भब छ भनेको समाचार सुनेको थिए गलत रहेछ ।अब बल्ल आमा दिदी बहिनी सुरक्षित हुने भए भनेर लामो सास फेरे ।
त्यो पत्रीकाको जति पाना पल्टाउदै गए त्यतिनै बिकाश र समृद्धि , अर्थ र उत्पादन , बिज्ञान र आबिश्कार ,पर्यटन र शिक्षा ,आयात र निर्यातका बिषयहरु समेटिएका समाचारहरु थिए । पत्रीकालाइ अझ नियाले कतै गाइजात्राको अबसर पारेर निकालिएको त हैन ।अह, हैन ।गाइजात्राको संकेत कतै छैन ।मलाइ प्रचण्ड टावरले कौतुहलता बनायो । फेरि यो ‘प्रचण्ड टावर’ कहाँ बाट आयो ? तिनै नजिकै सिटका सुदुरपस्चिमेली यात्रु दाइ लाइ सोधे ।यो प्रचण्ड टावर कहाँ छ ? नाम कसरी राखियो ? अनि किन यहि टावर बाट बलत्कारीलाई खसालेर मार्नु परेको नि ?
उनले सबिस्तार आफ्नै लवजमा बताउदै गए – बिदेशबाट जाने प्रत्येक प्लेनहरुले सजिलै देख्ने गरि ललितपुरको भट्टेडाडामा विशाल प्रचण्ड टावर निमार्ण गरिएको रहेछ ।यो अहिले उपत्यकाकै पहिलो पर्यटकिय गन्तव्य बन्दै छ ।यसको नामाकरण नेकपाका अध्यक्ष क.प्रचण्ड कै योगदानका कारण राखिएको रहेछ ।अझ रोचक त के भने जनयुद्ध कालमा प्रचण्ड कै निर्देशनमा बहुबिबाह गर्नेलाइ भाटे कारबाही भन्दै दर्जनौ भाटा शरिरमा बर्सिन्थे ।तास खेल्नेलाइ तास नै कोच्याएर निल्न लगाइन्थ्यो ।खैनी चुरोट खानेलाइ खैनी चुरोटको खोल सहित खान लगाएर कारबाही गरिन्थ्यो । हो, त्यस्तै निर्मला पन्तका बलत्कारीलाइ कठोर सजाय स्वरुप त्यही टावरबाट खसाएर देशमा मृत्युदण्डको उद्घघोष गरिएको रहेछ ।उनले सबिस्तार बताउदै गए ।
‘अनि प्रधानमन्त्री केपि ओलि ज्युको नाममा के छ नि ? यो देशलाइ यहाँ पुर्याउन प्रचण्डको जत्तिकै योगदान उहाको पनि त छ नि हैन र !’ उनैलाइ सोधे । पुर्ब पश्चिम केपि ओलि रेलमार्ग र केपि ओलि जलमार्ग अहिले सन्सारकै चर्चित रेलमार्ग र जलमार्ग हुन् ।कोरियामा रेल पक्कै चढ्नुभयो होला तपाइ अब रामेछाप जादा सिधै सुनकोशि ,तामाकोशि हुँदै जलमार्ग हुदै घर जादा हुन्छ ।अझ उनैले गुगलमा खोजेर घरसम्म जाने जलमार्गको रुट पनि फेला पारिदिए। केपि ओलि रेलमार्ग निर्माण गर्दा अलिकती भष्ट्रचार गर्ने एक इन्जिनियरलाई त्यहि रेलको लिगमा किचेर मृत्युदण्ड दिइयो रे।अब बलत्कारी ,भष्ट्रचारीहरुको दिन गए यसो भन्दै गर्दा दाजुको अनुहारमा आक्रोश देखिन्थ्यो । ल ठिक छ ।सहि समयमा नेपाल फर्केछु ।अनि हामी जस्ता युबाहरु के गर्छन् नि आजकल ? मैले सोधे ।
अहिले प्रत्येक नेपालिको प्रतिब्यक्ती आम्दानी नै मासिक दस हजार डलर छ ।अब तपाइहरुले के गर्नु पर्यो र ? मन्द मुस्काउदै म सगै प्रतिप्रश्न गरे ।उनका कुरा सुन्दा र अगि हेरेको पत्रीकाको समाचार हेर्दा देश अहिले हरेक कुरामा आत्मनिर्भर बनेको रहेछ ।नुनदेखि सुनसम्मका खनिज पदार्थ उत्खनन गरेर निर्यात गर्दा देशलाइ मासिक खर्बौ आम्दानिको श्रोत जुट्दो रहेछ । त्यतिमात्र हैन नेपाल बैदेशिक रोजगारको त गन्तव्य नै बनिसकेको कुरा अघि नै एक जापानीज कामदारले बताइसकेको छ ।तराइका फाटहरुमा काम गर्न सबै बिदेशी कामदारहरु झिकाइएको रहेछ ।अहिले सबै खाद्य पदार्थहरु अर्गानिक मात्र प्रयोग गरिने रहेछ । यहि प्लेनमा देखिएका कतिपय बिदेशी अनुहारहरु नेपालमा काम गर्न नै हिडेका हुन् भन्ने मलाइ अब बिश्वाश लाग्न थालिसकेको थियो ।
अझ उद्योग कलकारखानाको कुरै छाडौ लाखौको सन्ख्यामा अदक्ष बिदेशी कामदारहरु उद्योग कलाकारखानामा कार्यरत छन् भन्ने कुरा पनि लगभग पक्का भैसक्यो । मनमनै गम खाए ।कम्युनिस्टहरुले अबसर पाए भने कायापलट गर्छन् भन्थे हो रछ ।सर्बहाराको मुक्ती कर्ता कम्युनिस्ट नै हुन् ।गरिबको राज्यसत्ता ल्याउने भन्थे यहि रहेछ । अब देशमा उर्जाको त कुरै छाडौ ।१० हजार मेगावाटका जलविद्युत आयोजनाहरु त दर्जनौ तयारी भैसकेछन ।त्यही जलविद्युत आयोजनाका ड्यामहरु कृतिम समुन्द्र जस्तै बनेका रहेछन् । पत्रीका हेर्दा हेर्दै समय सकिन लागिसकेछ ।
काठमाण्डौ ओर्लने समय जती नजिक हुदै गयो त्यति मुटुको चाल बढ्दै गएको थियो ।दुर्भाग्य केही घण्टा हामी उडेको प्लेन आकाशमै होल्ड भयो ।मैले सोचे आकाशमा ट्राफिक जाम भएको होला ।तर म गलत रहेछु ।एउटा ठूलो जमातले बिमानास्थलको एक छेउको खाली भागमा शान्तिपुर्न जुलुस गर्दै रहेछ ।किन के अपुग भएछ त भनेर बुझ्दा थाहा भो – देशमा लाइट पोलुशन भो रे अर्थात् राती अत्यधिक उज्यालो भएर उज्यालो प्रदुषण भयो रे ।उज्यालो घटाउनु पर्यो भन्ने सरकारसग उनिहरुको बिनम्र माग रहेछ ।
आकाशमा प्लेन होल्ड हुँदै थियो ।म कोरिया बनाउने पार्क मिन्ह हि , सिङापुर बनाउने ली क्वान यु ,चीनलाई अर्थिक दिशामा लैजाने देङ सिआओ पिङ , र नेपाललाई यस्तो बनाउने प्रचण्ड र केपि ओलिलाई सम्झेर धन्यवाद ब्यक्त गर्दै गर्दा ब्युझेछु ।ब्युझिदा म उही मजदुर थिए । म यहि कोरियामै थिए । म आफ्नै ओछ्यान मै थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...