म्याग्दी भ्रमण वर्ष २०७५ लाई मध्यनजर गर्दै म्याग्दीको दग्नामेलीले ल्याए ‘हाम्रो दग्नाम गाँउ बोलको गित (भिडियो र तस्बिर सहित)

काठमाडौः म्याग्दीको धौलागिरी हिमालको काखमा रहेको दग्नाम गाउँ जुन प्राकृतिक रुपले निकै शुन्दर अनि हराभरा छ । हिमालको छहारीमा लुकेको दग्नाम गाउँ प्राकृतिक रुपले मात्र हैन शुन्दर मानब बस्ति , त्यहाँको संस्कृति , चालचलनले पनि शुन्दर बनाएको छ । अगाडी सधै मुसुक्क हासिरहेको अग्लो धौलागिरी हिमाल , त्यसको मुनितिर पहाड , पहाडको बिच शुन्दर बाक्लो मानिसको बस्ति आँहा कति शुन्दर ।
भर्खरै मात्र उक्त गाउँलाई चिनारी दिन मगर्स क्रियसन कम्पनीको प्रसतुतिमा “म्याग्दी भ्रमण वर्ष २०७५” लाई मध्येनजर गर्दै एउटा अत्यन्तै मिठो चिर परिचित धौलागिरिकै गायक गगन पुन र म्याग्देली चेली गीता पाईजाको मिठो स्वर अनि खिम गर्बुजा र नमुना गर्बुजाको शब्दमा म्युजिक भिडियो बजारमा ल्याएको छ । साथै उक्त म्युजिक भिडियोमा आँसु लामाको संगित रहेको छ भने क्यामरामा करन चैसिरले साथ दिएका छन् । त्यसैगरी म्युजिक भिडियोलाइ पुष्कर बिबेक थापाले निर्देशन गरेका छन् ।
जसमा पूर्ण रुपमा धौलागिरि हिमाल अनि वरपर रहेका प्राकृतिक मनोरम दृश्य बिशेष दग्नाम गाउ, अनि गाउँ वरपरको शुन्दरतालाई देखाउन खोजिएको छ । साच्चै गीत हेर्दा कति खेर त्यहा पुगु जस्तो हुन्छ । गीतको सब्दमा नै दिएको छ “तल गैरी माझी र कान्छी गाउँ भन्दै” दग्नाम गाउँ शुन्दर चेलीहरु आफ्नो जातिय भेषमा सजिएर नाचेको देख्दा हामि पनि त्यो ठाउँ गएर सँगै नाचु जस्तो हुन्छ अझ लिसंखुको त्यो हिमाल बाट बगेर झरेको धाराको चिसो पानि खान पाउँदा एक छिन त स्वर्गकै आभाष दिलाउँछ ।
गुरासको सिजनमा त झन गाउँनै पुरै रातै देख्दा त नेपाल पनि यस्तो छ र झैँ हुन्छ । त्यहि माथि हिमाल हासेको देख्दा त कुरै नगरम । बेला बेलामा प्रकृति सँगै सोरठी र झ्याउरे नाच्दा पाउँदा त्यहाँका मानिसहरु आफैलाई भाग्यमानि ठान्दछ ।
त्यहाँका चेलीहरुले हातमा थालि राखेर नाच्दा साच्चै अचम्मित पारिदिन्छ । मगर जातिको जनघनत्व रहेको यो गाउँमा अझै लाहुरे संस्कृति झल्केको देख्न सकिन्छ । लाहुरे घर फर्कदा गाउँमा सबै मिलेर अझै रोदी बसी रातभरी रमाईलो गर्ने चलन छ ।
दग्नाममा बिशेष गरि बैसाखमा नांगी देबी र जेष्ठ महिनामा भूमे थानलाई पुज्ने गरिन्छ साथै यहि अवसरमा लिङ्गो जुधाउने पर्ब पनि धुमधामले मनाउने गरिन्छ । राजधानी बाट टाढाको दुरीमा रहे पनि दग्नाम आन्तरिक र बाह्य पर्यटकको लागि उपयुक्त गन्तब्यका रुपमा लिन सकिन्छ ।
भौगोलिक हिसाबले दुर्गम रहेता पनि प्राकृतिक हिसाबले यो ठाउ संसार कै धनि रहेको छ । किनकि जो कोहि पनि एकपल्ट त्यहा पुगेपछी फर्किन मन लगाउँदैनन् । किनकि त्यहाका पाखा पर्बत देउराली भञ्ज्याङ चौतारी झरना खोला अनि त्यहाका मानिसले गर्ने दैनिकले क्षणिक नै लोभ्याउँछ ।
हेरौं यो अति मीठो गीत “हाम्रो दगनाम गाउँ”:
https://www.youtube.com/embed/