Advertisement
SKIP THIS

एनसिसि पूर्व अध्यक्ष शाहले आर्थिक हिनामिना गरेको आरोप, हिसावकिताव बुझाउन एनसिसिको आग्रह


नेपाली सम्पर्क समिति (एनसिसि) कोरियाका निवर्तमान अध्यक्ष प्रेमकुमार शाहले आर्थिक हिनामिना गरेको र आफ्नो कार्यकाल सकिएको एकवर्ष बितिसक्दा पनि संस्थाको हिसावकिताव नबुझाएको आरोप लगाइएको छ । एनसिसिले एक एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएको हो । पूर्व अध्यक्ष शाहले आफ्नो कार्यकाल सकिएको एक वर्ष बितिसम्दा पनि संस्थाको कुनै कागजात, स्ट्याम्प लगायत आर्थिक हिसाव वापत एक करोड बाइस लाख कोरियन वन नबुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिका अनुसार डोटी जिल्ला घर भई लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै आएका अन्नपूर्ण रेष्टुरेन्ट खुम्छन् फाजुका सञ्चालक समेत रहेका नेपाली सम्पर्क समिति(एनसिसि) दक्षिण कोरियाका निवर्तमान अध्यक्ष प्रेमकुमार शाहले तत्कालिन एनसिसि कोषाध्यक्ष नेपाल जाने भएपछि सबै आर्थिक कारोबार उनैले जिम्मा लिएको र पटक पटक जानकारी दिदा पनि विभिन्न बहाना र आलटाल गरेकोले प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिएको एनसिसिले जनाएको छ । विज्ञप्तिमा शाहको सामाजिक, राजनैतिक, पारिवारिक साथै व्यक्तिगत मर्यादालाई ख्याल गर्दै एकवर्षसम्म पर्खिएको तर हिसावकिताव नदेखाइ अहिले सम्पर्क विहिन भएकोले विज्ञप्ति निकाल्न वाध्य भएको जनाइएको छ ।

गत वर्षको अगस्ट ६ तारिख बसेको नयाँ कार्य समितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष शाह स्वयं उपस्थित भई १० दिनभित्र सम्पूर्ण हिसावकिताब बुझाउने सर्तमा लिखित सहि छाप गरेर बाहिरिएको
तर भाका नाघेर महिनौं बित्दा पनि कुनै पनि हिसाब नबुझाएपछि पटकपटक पत्राचार गरेर हिसाब मिलाउन आग्रह गरेको एनसिसिका महासचिव निर्मल बेलवासेले बताए । ‘अहिलेसम्म ४ पटक पत्र पठाइ सक्यौं’, अध्यक्ष केसीले थपिन, ‘कल वा एसएसएस त सयौं पटक गर्यौं,सधैंजसो एक हप्ताको भाका राख्ने र भाका आएपछि फोन समेत नउठाइ सम्पर्कमा समेत नआएकोले  यो प्रेस विज्ञप्ति निकाल्न बाध्य भएका हौं । ‘

एनसिसिले यसअघि पनि सल्लाहकार सहितको मिटिङमा शाहलाई उपस्थित गराइ हिसाबकिताब नबुझाउनुको कारण सोधेको थियो ।उक्त बैठकमा शाहले आफू केही ब्यवहारीक समस्यामा भएकोले २ महिनाभित्र जसरी पनि मिलाउने बाचा गरेका थिए। शाहले आर्थिक हिसाबकिताब नबुझाएपछि २५ बर्ष लामो इतिहास बोकेको संस्थाको सामान्य गतिविधि सञ्चालन गर्न समेत गाह्रो भएको केसीको भनाइ छ। आर्थिक अभावका कारण एनसिसि आपतकालीन राहत कोष स्थापना ,महिला सेल्टर स्थापना ,तनाव ब्यवस्थापन (motivation)कार्यक्रम संचालन जस्ता महत्त्वपूर्ण योजनाहरु ओझेलमा परेको छ।

कोरियामा श्रम गर्न आएका श्रमिकहरुबाट दस हजार वनका दरले उठाएको पैसा कसैले ब्यक्तिगत रुपमा प्रयोग गर्न पाउँदैन उनले जसरी पनि दिनुपर्ने अन्य सदस्यहरुको भनाई छ । कानुनी प्रक्रियामा जानको लागि कोरियन वकिलसँग पनि सल्लाह भइरहेको र प्रमाणका लागि सर्जिविन मुचुल्का उठाउनुपर्ने वकिलको भनाइ रहेकोले आवश्यक परेमा सहयोग गर्न पनि सम्पूर्ण नेपालीहरुलाई एनसिसि कोरियाले अनुरोध गरेको छ।गत आइतबार अगष्ट १२ तारिखका दिन चियापान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि शाहको ढिलासुस्ती सार्वजनिक गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...