Advertisement
SKIP THIS

कोरियामा फोन कार्ड बेचेरै मासिक ढेड लाख कमाइ


लिलु डुम्रे

सोल-रोजगारीका लागि दक्षिण कोरिया रहेका एक युवाले नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड कोरियामा बिक्रि गरि आकर्षक कमाइ गरिराखेका  छन् । सलांग ८ धार्दिंगका बलराम सिलवालले कार्ड बिक्रिबाट मासिक डेढ लाख रुपया भन्दा बढी आम्दानी गरिरहेका हुन् । सिलवालले  कम्पनिको कमाइको अतिरिक्त कार्ड खरिद बिक्रिबाट उक्त रकम आर्जन गरिरहेका छन् ।

 

इपिएस मार्फत  कामका लागि कोरिया आएका सिलवालले नेपाली युवाहरुलाइ रिचार्ज कार्ड बेच्दै आएका छन् । रिचार्ज कार्ड खरिदका लागि सुरुवाती पाँच लाख वन बाट कारोबार सुरु गरेका उनले हाल सातामा ८० लाख वन बराबरको कार्ड खरिद बिक्रि गरिरहेको बताए ।  नेपाली युवाहरुले कोरियामा उनिसंग खरिद गरेका कार्ड नेपालमा आफ्ना आफन्तहरुलाइ रिचार्ज गर्ने  गरेका छन् । कोरियाबाट नेपालमा गरिने कल  महशुल दर भन्दा नेपालबाट कोरिया कल गर्दा धेरै सस्तो हुनाले युवाहरुले कार्ड यहाँ खरिद गरि नेपालमा रिचार्ज गरेर   फोन गर्न लगाउने गरेका छन् ।

 

सिलवालले फेसबुक मार्फत आफ्ना ग्राहक बढाइ रहेका छन् । पाँच  हजार भन्दा बढी युवाहरुले उनि संग कार्ड खरिद गर्ने गरेको जानकारी दिए । पाँच सय र हजार रुपयाका कार्ड खरिद गर्नेहरुको संग्ख्या बढी छ ।  दिनहु नया ग्राहक थपिदै गएकोले सिलवालले मात्रै गर्न समय अपुग  भएपछि पवन सिलवाल र काजिमान राइले उनलाई सघाईरहेका छन् । दिवा र रात्री गरि दुइ शिफ्टमा काम गर्ने  सिलवालले  आइतबार बिदामा झन् व्यस्त हुनुपर्ने बताए ।

 

नेपाली रिचार्ज कार्डहरुको साथै उनले कोरियाका टेलिफोन प्रदायक कम्पनीहरु  एसके ,केटि र एलजीका सर्बिस कार्डपनि बिक्रि गर्दै आएका छन् । कोरियाको प्रिपेड सिमको अवधि  एक  महिना मात्रै हुने हुनाले प्रत्येक महिना भ्यालीडीटि बढाउन अनिवार्य  हुदा सर्बिस कार्ड पनि उल्लेख्य बिक्रि हुने गरेको उनले बताए ।

 

नेपाल कलिंग कार्डको साथै मोबाइल एप्स लिबोन लगायतमा पनि उनले रकम रिचार्ज गर्दै आएका छन् । लामो समय कुरा गर्न चाहने युवाहरुले आफ्ना  श्रीमती र केहिले  प्रेमिकाहरुका नम्बरमा रिचार्ज गर्ने हुनाले बिक्रि  बढेको उनले स्पष्ट पारे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...