Advertisement
SKIP THIS

किम्हेमा नर्वौं माइग्रेन्ट भलिबल च्याम्पियनसिप २०१८ हुने


दक्षिण कोरियाको किम्हे शहरमा आगामी सेक्टेम्बर २५ तारिख नर्वौं माइग्रेन्ट भलिबल च्याम्पियनसिप २०१८ नामक वृहत भलिवल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
न्यू भिजन ग्रुप दक्षिण कोरियाको आयोजना तथा माइग्रेन्ट हाउसको प्रायोजनमा किम्हेको 660 Guson  Gimhae, Gyeongsangnam-do हलमा हुने आयोजकले जनाएको छ ।

विगत केही वर्षदेखि विभिन्न मुलुकबाट विभिन्न कार्य शिलशिलामा दक्षिण कोरिया आएका प्रवासीहरुविच भलिबल लगायत विभिन्न खेलहरुप्रति आम मानिसहरुको अभिरुचि बढदै आएको छ । त्यसैले पनि विभिन्न समयमा फुटवल तथा भलिवल प्रतियोगिताको आयोजना भइरहेको छ । सोही अन्र्तगत गतवर्षदेखि न्यू भिजन ग्रुप दक्षिण कोरियाले भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको हो । व्यस्त कार्र्यशैलीमा केही हदसम्मका लागि स्वस्थ्य, स्फुर्ति साथै मनोरञ्जन प्रदान गरी टिमहरुबिच एक आपसमा भाइचाराको सम्वन्ध गाढा बनाउने उदेश्य रहेको न्यु भिजन ग्रुपको खेलकुद विभागको संयोजक तगेन्द्र राईले बताउनुभयो ।

उक्त प्रतियोगितमा भाग लिन चाहने इच्छुक समूहले सेक्टेम्बर १५ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्ने छ ।

यस भलिवल प्रतियोगिता खेलमा प्रथम हुने टिमले नगद १५ लाख वन साथै प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् । त्यसैगरी दोस्रो हुने टिमले नगद १० लाख वन र मेडल प्राप्त गर्नेछन् । साथै प्रतियोगितामा सबै भन्दा राम्रो खेल्ने खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा दुई लाख वनसहित मेडल प्रदान गरिने भएको छ ।

यस भलिबल प्रतियोगितामा भाग लिनका लागि दुई लाख वन दर्ता शुल्क राखिएको छ । दर्ता भएका टिमहरुको टाइसिट सेक्टेम्बर १६ तारिखका दिन किम्हे माइग्रेन्ट सेन्टरमा दिनको तीन बजे हुने भएको छ । प्रतियोगिता बिहान नौबजेदेखि शुरु हुने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...