Advertisement
SKIP THIS

सञ्चारकर्मी कल्पना भण्डारीको ‘अहिलेको तिजैमा’ बोलको तीज गीत सार्वजनिक


काठमाडौँ : सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीत सार्वजनिक भएको छ । ‘अहिलेको तिजैमा’ बोलको गीतको भिडियोमा भण्डारीको आफ्नै स्वर र अभिनय रहेको छ ।

विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीत किरण क्रियसनले बजारमा ल्याएको हो । तिज भनेको विशेष गरी दिदि बहिनी भेला हुने, नाचगान गर्ने रमाइलो गर्ने पर्व भएकोले आफूले ल्याएको गीतले मनोरञ्जन दिनेमा विश्वस्त रहेको उनी बताउँछिन् । तीज पर्वमा रंगहरुको संयोजन, एक आपसबीचको रौनकता, मनमा छाउने उत्साह मलाई असाध्यै मनपर्ने पाटो हो, उनी भन्छिन् । रामकुमार केसीको छायांकन राज महर्जनको कोरीयोग्राफी रहेको उक्त गीतको भिडियोको सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् ।

भण्डारी झण्डै डेढ दशकदेखी नेपाली टेलिभिजनमा सक्रिय छिन् । च्यानल नेपालमा कार्यक्रम प्रस्तोता हुँदै सगरमाथा टेलिभिजनमा लामो समय समाचार बाचकको रुपमा काम गरेकी भण्डारी हाल नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमको प्रस्तोता तथा निर्माता छिन् । उनले यस अघि पनि बिपिन किरणको शब्दमा “मै कती भाग्यमानी” बोलको तीज गीत बजारमा ल्याएकी थिइन् । आफूलाई संगीतको सामान्य तर प्रतिवद्ध विद्यार्थी ठान्ने भण्डारीले छिटै नै आधुनीक गीतको एल्बम ल्याउने तयारी गरेको बताइन् । भण्डारी पेशाले सञ्चारकर्मी भए पनि उनको स्वरमा बेग्लै मिठास भएको र त्यो कुरालाई अब आउने एल्बमले समेत प्रष्ट पार्ने गीतकार बिपिनले बताए ।सञ्चारकर्मलाई पेशाको रुपमा अंगालेकी उनी भन्छिन्– पत्रकारिता मेरो पेशा हो भने गीतसंगीत शोख हो । भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=h94pOqNetPc&feature=youtu.be

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...