मिल्ती खाेला हाइड्राे पावरकाे संस्थापक शेयर अाबेदन संकलन तिब्र पारिदैं।


दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल दक्षिण कोरियामा शेयर अावेदन संकलन कार्य तिब्र रूपमा अगाडि बढाएकाेछ।

हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँ पुरा भए पछि स्वत बन्द हुने भएकाले लगानी गर्न चाहाने महानुभावहरूले अाफुलाइ पायक पर्ने स्थानमा गइ अावेदन फर्म भर्न हुन पनि कम्पनिका प्रबन्ध संचालक कपिल न्याैपानेले अनुराेध गरेका छन्।

राष्ट्रिय बाणिज्य बैंकको साझेदारीमा निर्माण सम्पन्न हुने उक्त आयोजनामा कुल ५२ करोड रुपैया खर्च हुने जनाएको छ । उक्त रकम मध्ये ६०प्रतिशत राष्ट्रिय वाणिज्य बैंक र ४० प्रतिशत एसएम एन्भेष्टमेन्ट कम्पनीको रहने छ ।

यस अघि एसएम इन्भेष्टमेन्ट कम्पनीमा दक्षिण कोरियामा रहेका इपिएस कामदारहरुको झण्डै १२ करोड रुपैया संकलन भइ आयोजना अगाडि बढेको थियो । हाल कम्पनीलाई नपुग इक्कुइटी सेयर फेरी दक्षिण कोरियामै रहेका नेपालीहरुबाट संकलन गरिन लागेको हाे।

दक्षिण कोरियाका विभिन्न शहरहरुमा कम्पनीका संचालकहरुको उपस्थितिमा सेयर आवेदन पत्र भरिएकोछ । त्यसैगरी कोरियाका विभिन्न अन्य शहरहरुबाट पनि आवेदन भर्न सकिने व्यवस्था मिलाइने छ । टाढा दुर्गम क्षेत्रमा रहने र कृषि भिसामा कोरिया आउने युवाहरुलाई लक्षित गरी हुलाक मार्फत आवेदन फाराम पठाइने जनाइएको छ ।

दक्षिण कोरियामै रहने नेपालीहरुको कुल लगानीमा स्थापना भएको कम्पनीले निर्माण गरेको यस आयोजनालाई नमुना आयोजनाको रुपमा अागामी एक बर्षमा सम्पन्न गरिनेछ । याे अायाेजना सम्पन्न गरे पश्चात अन्य ठुला अायाेजनामा पनि लगानी गर्ने कम्पनीकाे याेजना रहेकाे बताइएकाेछ।

आयोजनाको बारेमा विस्तृत जानकारी दिनको लागि सम्पर्क एस एम इनभेष्ट कम्पनीका अध्यक्ष कपिल न्यौपाने ०१०२१९६९१७४ , सानाे मिल्ती खाेला हाइड्राे पावर अायाेजना अध्यक्ष  सुरेश लिम्बू ०१०७३६४८०९२

यसै बिच यहि जुन १६ तारिख सनिबारका दिन कम्पनीकाे प्रतिनिधिहरूकाे उपस्थितिमा निम्न स्थानमा भेटघाट ,अन्तरक्रिया र शेयर अावेदन संकलन गरिने भएकाले इच्छुक ब्यक्तिहरू उपस्थित भैदिनु हुन अायाेजनाका अध्यक्ष सुरेश लिम्बुले अनुराेध गरेका छन्।

कार्यक्रम हुने स्थान

छन्हान फिस्टेल रेष्टुरेण्ट
सम्पर्क काे लागी दिल श्रेष्ठ ०१०५८४३३४६१, राजेश बाबु श्रेष्ठ ०१०२८९३३६१२

ख्वाङछन हाेङसङ एसिया मार्ट
सम्पर्क रीना जी ०१०८४५२९१९०

अन्य शहरका लागी
जेजु शुभद्रा पालुङ्वा शुब्बा ०१०९१४३४४३८
सुवन सुशिल मैनाली ०१०७५९९९१९२
साैल ,यम श्रीस मगर ०१०७४९८२७३०
थेजन, बालकृष्ण त्रिपाठी ०१०२३०४८२७९
अानसान, सन्ताेष श्रेष्ठ ०१०४०४९०५३२
थेगु, मानसिंह गुरुंग ०१०३०४७१९६०
जंगव, रविन मगर ०१०६४६१५५०२
वुइजंगबु नेत्र चौधरी ०१०८६७२९३८४
अानसान अानन्द सिलवाल ०१०४२२७९५५५
किम्हे दिलिप थापा ०१०३४२३३८११

कोरियाको पसिना हाइड्रोमा लगानी

कोरियाको पसिना हाइड्रोमा लगानी – कोरियामा रहेका नेपालीको लगानीमा निर्माणाधिन सानो मिल्ति हाइड्रोपावरको फ्लोअप स्टोरी ।।

Posted by AP1TV on Thursday, June 7, 2018

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ मा बृहत ल्होसार ल्हाब्सोल कार्यक्रम गर्ने, तयारी अन्तिम चरणमा
  • काेरियाका लागि नेपाली दुताबासले काेरियाली अध्यागमन प्रकिया सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्ने
  • विनोद बुढाथोकीको अध्यक्षतामा डाइनामिक मोरङ कमिटिको नयाँ कार्यसमिति
  • खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा दोङ्देमुनमा सेल्टर सञ्चालन
  • ईपिएस

    सोचेजस्तो छैन कोरिया : ‘एक दिन काम नगरे दुई दिनको तलब काटिन्छ’

    मरिन गाउँपालिका सिन्धुलीका अर्जुन परियार र तिमाल काभ्रेका विमलसिंह लामा दक्षिण कोरियाको खाङवन्दोस्थित छङसनगुन नाम्यन पुग्दा फुरफुर हिउँ परिरहेको थियो । गाडीबाट ओर्लिएर बस्ने होस्टलसम्म पुग्दा उनीहरूको कपाल सेताम्य भइसकेको थियो । बाहिरी तापक्रम माइनस १५ ...

    नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्याे

    नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ । गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ । कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला ...

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!