Advertisement
SKIP THIS

तमु धीं दक्षिण कोरियाद्वारा स्योंकैं (वनभोज) आयोजना गरिदै


सउल, तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यो वर्ष पनि बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी जून २३ तारिक शनिबार र २४ तारिक आईतबार छुङछङ नाम्दोको बोर्याङ शहरमा रहेको बोर्यङको थोङनामु रिसोर्ट लोग्ली (충남 보령시 해안로 705-44)मा उक्त बनभोज कार्यक्रमको आयोजना गर्न लागिएको हो । स्योंकैं (वनभोज) कार्यक्रममा सहभागी बनौं, अति सुन्दर रमणीय मनमोहक दृष्यहरुसँगै प्रवासी थकित मनलाई शान्त र आनन्द दिलाऔं भन्ने नारासहित हुन लागेको उक्त बनभोज कार्यक्रममा कोरियाबासी नेपालीहरुलाई जति सक्दो सहभागीता जनाउन आयोजकले आग्रह गरेको छ ।

‘प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाती) हराउँछ भन्ने सोचले यसै बर्ष अप्रिल २९ मा नवगठित तमु धीं दक्षिण कोरियाको थेगू शाखा समितिसँगको यो पहिलो कार्यक्रम हो । यस स्योंकैं (वनभोज) कार्यक्रममा कोरियास्थित विभिन्न भेगका तमु दाजुभाई दिदीबहिनीहरुको सहभागितालाई विशेष मध्यनजर गरि राजधानी सउल, थेगु, गजेदो, किम्हे-बुसानबाट कार्यक्रम स्थलसम्म आउन आरामदायी डिलक्स बसको व्यवस्था गरिने आयोजक तमु धींले जनाएको छ ।

कार्यक्रममा विभिन्न स्वादिष्ट नेपाली तथा कोरियन परिकारहरु, तमु कलाकारहरुको मौलिक संस्कृति झल्किने साँस्कृतिक प्रस्तुतिहरु, संस्थाका खेलाडी तथा कलाकारहरुको सम्मान, मनोरञ्जनात्मक खेलहरु, खुल्ला नृत्य तथा गायन प्रस्तुतिहरु, समुद्री तटमा रमाईलो खेलहरु लगायतका समावेश गरिएको यस स्योंकैं (वनभोज) कार्यक्रमका मुख्य आकर्षणहरु रहेका छन् ।

तमु (गुरुङ)हरुको आपसी सद्भाव र बन्धुत्वको भावनालाई अझै मझबुत र कसिलो बनाउने र यो कार्यक्रमले संस्थाको इतिहासमा नौलो आयाम थपिनेमा आयोजक विश्वस्त छ । कार्यक्रमलाई थप उत्साहजनक उपस्थितिसँगै रोचक बनाउन यो गर्मी सिजनको शुरुवातमा सामुन्द्रिक तटमा खेलाइने खेलले सहभागि सबैको मन प्रफुल्ल हुने र अन्य विविध मनोरञ्जनात्मक कार्यक्रमहरु पृथक हुनेमा आयोजकको दावी छ ।

तमु धीं दक्षिण कोरियाद्वारा आयोजित यस स्योंकैं (वनभोज) लाई सभ्य र भव्य बनाउन कोरियामा रहनुहुने सम्पूर्ण गुरुङ (तमु) दाजुभाई, दिदीबहिनीहरु, बुद्विजिवीहरु, संस्थाका अग्रज एवं शुभचिन्तक लगायत ईच्छुक सबैमा तमु धीं दक्षिण कोरियाले हार्दिक अनुरोध समेत गरेको छ ।

“बृहत स्योंकैँ (वनभोज) कार्यक्रम”
मिति : २०१८ जून २३ शनिबार र २४ आईतबार
स्थान : थोङनामु रिसोर्ट लोग्ली 충남 보령시 해안로 705-44

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता
  • ‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...